
झापा । स्थानीय जातका तरुलको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा ‘तरुल उत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वको अवसर पारेर पुस २९ गतेदेखि माघ १ गतेसम्म उत्सव हुने भएको हो ।
चार दशकदेखि मानव–हात्ती द्वन्द्व भोग्दै आएका बाहुनडाँगीका स्थानीयले पछिल्लो समय हात्तीले नोक्सानी नगर्ने बालीका रूपमा तरुलखेती गर्दै आएका मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । पर्यावरणमैत्री अर्गानिक खेतीबालीलाई प्रोत्साहन हुनुका साथै ग्रामीण पर्यटनको प्रवर्द्धन हुने भएकाले तीन वर्षदेखि बाहुनडाँगीमा तरुल उत्सव हुँदै आएको उहाँले जानकारी दिनुभयो ।
उत्सवमा सबै समुदाय र भूगोलका नेपालीले खाने तरुलका विभिन्न प्रजातिको प्रदर्शनी गरिनुका साथै मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि भइरहेका प्रयासका बारेमा छलफल गरिने वडाध्यक्ष कार्कीले बताउनुभयो । उत्सवमा कोशी प्रदेशका विभिन्न जिल्ला र भारतबाट आगन्तुकहरू आउने उहाँले उल्लेख गर्नुभयो ।
पहाड र तराईको जुनसुकै भूगोलमा फल्ने तरुलमा स्वास्थ्यवद्र्धक खाद्यतत्व फाइबर प्रशस्तमात्रामा पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्या समाधानका लागि यसको उपभोग औषधितुल्य हुने बताइन्छ । बाहुनडाँगीमा स्थानीयले सिमल तरुल, घरतरुल, वनतरुल, पतालेतरुल, पिँडालुलगायत विभिन्न जातका तरुलको व्यावसायिक खेती गर्दै आएका छन् ।
विगतमा धान, मकै, कोदो र गहुँखेती गर्दै आएका यहाँका बासिन्दाले हात्तीबाट बाली जोगाउन नसकेपछि बाली परिवर्तन गर्न थालेका हुन् । साथै यहाँ चिया, तेजपत्ता, सुपारी, मरिच, कागती, तोरी, तरुललगायत कृषिजन्य नगदेबालीलाई प्राथमिकता दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल