
हुम्ला । हुम्लामा ३ दिनदेखि लगातार भारी हिमपात भएको छ । उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ । ३ दिनसम्म लगातार हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो ।
हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले फोनमार्फत जानकारी गराउनुभयो । ‘गाई झोपा र जुमागोठभित्रै छन् भने चौरी गाई छाडा भएका छन् । एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ’ उहाँले भन्नुभयो ।
सिमकोट हुने सबै हवाई यातायत बन्द भएको सिमकोटस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ । चिसो बढेपछि विभिन्न ठाउँमा बुढापाका, बालबच्चा आगो तापेर बबस्न थालेका छन् ।
यसवर्ष बिहान र बेलुका चिसो अत्यधिक बढेका स्थानीय बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल