
काठमाडौँ । विश्वका विभिन्न देशमा रहेर हासिल गरेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने नेपाली डायस्पोराको प्रतिवद्धता रहेको छ । युनाइटेड नेपाली डायस्फोरा (अन्डो) द्वारा आयोजित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा सहभागी विभिन्न देशबाट आएका प्रतिनिधिहरुले समानता, सहकार्य र समावेशीताका सिद्धान्तहरुमा आधारित रहेर विश्वव्यापी डायस्फोरालाई एकजुट गर्दै नेपाल र नेपालीहरुको हितका लागि काम गर्ने जनाउनुभएको छ ।
त्यस अवसरमा वरिष्ठ समाजसेवी र सिएनएन हिरो अनुराधा कोइरालाले विश्वका विभिन्न देशमा रहेर हासिल गरेको पुँजी र ज्ञानलाई मातृभूमिको विकासमा लगाउन आग्रह गर्दै भावी सन्ततिहरुलाई पनि नेपालप्रतिको आस्था अभिवृद्धि गराउन नेपाली डायस्पोरासँग आग्रह गर्नुभयो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले मातृभूमिको माया र दायित्वलाई आत्मसात गर्दै आफूले विभिन्न परियोजनाहरुमा लगानी र सहयोग गर्दै आएको उल्लेख गर्दै सरकारले पनि नेपाली डायस्पोरालाई लगानीमैत्री वातावरण मिलाउनुपर्दछ भन्नुभयो ।
अन्डोका अध्यक्ष सोनाम लामाले नेपाल र नेपाली डायस्पोरालाई एकताबद्ध गरी मातृभूमिको दिगो भविष्य निर्माणमा योगदान पु¥याउने उद्देश्यले स्थापना गरिएको यस संस्थामार्फत जलवायु परिवर्तन र प्रतिभा पलायन जस्ता गम्भीर समस्या एवं युवा पुस्तालाई नेपालको प्रगतिमा परिचालन गर्न विभिन्न रचनात्मक काम भइरहेको जानकारी दिनुभयो ।
सम्मेलनको पहिलो प्राविधिक सत्र जलवायु परिवर्तन र बसाइँसराइ विषयमा वरिष्ठ पत्रकार कुन्द दीक्षित, आप्रवासन विशेषज्ञ डा गणेश गुरुङ, इसिमोडकी डा अमिना महर्जन र वन तथा वातावरण मन्त्रालयका नरेश शर्माले जलवायु परिवर्तन र बसाइँसराइबीचको सम्बन्ध र यसले पारेको नकारात्मक प्रभावका बारेमा प्रकाश पार्नुभएको थियो । दोस्रो सत्रमा नवीनतम् पूर्वाधार र डायस्पोरा विषयमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल, सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुबेर नेपाली र ऊर्जाविद् कुशल गुरुङले नेपालको पूर्वाधार तथा यातायात क्षेत्रमा डायस्पोराले गर्नसक्ने सहयोगका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।
यस्तै तेस्रो प्राविधिक सत्रमा नीति र साझेदारी विषयमा नेपला पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा जीतेन्द्र उपाध्याय र नीति अुसन्धान प्रतिष्ठानकी डा इन्द्र अधिकारीले विद्यमान नीतिमा रहेका कमीकमजोरीका कारण डायस्पोरासँगको साझेदारीमा देखिएको समस्याका बारेमा धारणा राख्नुभएको थियो ।
नेपालको दिगो विकासका लागि डायस्फोराको संलग्नता भन्ने नाराका साथ दुई दिनसम्म जारी रहने सो सम्मेलनमा विश्वका विभिन्न देशबाट आएका करिब ७० जना प्रतिनिधिको सहभागिता रहेको छ । त्यस अवसरमा नेपालको यातायात क्षेत्रमा अनुसन्धानमा सहयोग गर्ने उद्देश्यका साथ एमआइटी ग्रुप फाउण्डेशन र नेपाल सरकारबीच पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
सम्मेलनसँगै आयोजित वार्षिक साधारणसभाबाट संस्थाको नयाँ नेतृत्वको पनि चयन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय