
काठमाडौँ । साना चार पाङ्ग्रे सवारी साधन (कार) का लागि ख्याति कमाएका विशेषज्ञ ओसामु सुजुकीको बुधबार निधन भएको छ । उहाँ ९४ वर्षको हुनुहुन्थ्यो ।
कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गरी सुजुकी मोटरलाई विशेषगरी भारतमा ठूलो सफलता हासिल गराउने र अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा विकास गर्न सफल सुजुकीको निधनको पुष्टि गरेकोे छ ।
सफल व्यवसायीको चार दशकलामो नेतृत्वपछि सन् २०२१ मा अवकास लिनुभएका सुजुकीको कार्यकालमा कम्पनीको बिक्री १० गुणाभन्दा बढीले वृद्धि भएको थियो ।
सन् १९३० जनवरी ३० मा मध्य जापानी क्षेत्र गिफुमा जन्मिएका उहाँले फर्मको संस्थापकको परिवारमा विवाह गर्नुभएको थियो भने पछि सन् १९७८ मा यसको अध्यक्ष बन्नुभएको थियो ।
आफूलाई ‘सानो व्यवसायमा बूढो मानिस’ भन्न रूचाउने उहाँले हल्का वजनको ‘केई’ सवारी साधनहरू निर्माण गर्नमा ध्यान केन्द्रित गर्नुभयो । ती सवारी साधनमध्ये धेरै उनीहरूको ईन्धन दक्षता र चलाउनका लागि सजिलो भएका कारण प्रसिद्ध थिए ।
उहाँले आफ्नो व्यवसाय विस्तार गर्न सक्रिय रूपमा अन्तर्राष्ट्रिय साझेदार र अवसरहरूको खोजी गर्नुभएको थियो । कार निर्माता कम्पनी सुजुकीले कुनै समय जनरल मोटर्स र फक्सवागनसँग सहकार्यका लागि सम्झौता गरेको थियो र सन् २०१९ मा टोयोटासँग पनि पूंजी परिचालनसम्बन्धी गठबन्धन गरेको थियो।
उहाँले भारतमा सुजुकीको उत्पादनलाई भारतमा विस्तार गर्नुभएको थियो । भारतमा कम्पनीको भारतीय शाखाबाट उत्पादित कारको बजारको अवस्था अहिले शीर्ष स्थितिमा रहेको छ ।
सन् २०२१ मा सुजुकीले कम्पनीको अध्यक्ष पदबाट अवकाश लिँदा कम्पनीको बिक्री ३।१८ ट्रिलियन येन ९२० अर्ब अमेरिकी डलर० पुगेको थियो ।
निक्केई शिम्बुन आर्थिक दैनिकका अनुसार सन् १९७८ मा उहाँले कम्पनीको कार्यभार सम्हाल्दा कम्पनीको बिक्री ३२३ अर्ब येन थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल