
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहमाथि हत्या आरोप लागेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालकी प्रिय पात्र मानिएका अध्यक्ष सिंहमाथि कालिकोटका १७ वर्षीय राजबहादुर मल्ललाई हत्या गरेको आरोप लागेको हो । मल्लको हत्या आरोपमा सुर्खेत जिल्ला अदालतले अध्यक्ष सिंहलाई अनुमति दिएपछि पक्राउ पुर्जी भएको छ । ।
मल्लको हत्या आरोपमा सुर्खेत अदालतले गएको शुक्रबार अध्यक्ष सिंहसहित टाइगर भनिने पदमबहादुर रावत, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभास भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीलाई पक्राउ गर्न अनुमति दिएको थियो । अदालतको अनुमतिपछि प्रहरीले उनीहरुलाई पक्राउ पुर्जी जारी गरेको हो । अध्यक्ष सिंहसहित ६ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला प्रहरी सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिनुभएको छ ।
प्रहरी सूचना अधिकारी शाहीका अनुसार २०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको खुकुरी प्रहार गरि हत्या भएको थियो । राजबहादुरको सुर्खेत वीरेन्द्रनगरस्थित जन माविमा हत्या भएको थियोे।
हत्याको अभियोगमा प्रहरी कार्यालयमा अध्यक्ष सिंहसहित ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको थियो । किटानी दर्ता भएका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सुर्खेत प्रहरीले पक्राउ गर्नको लागि अध्यक्ष सिंहसहित ६ जनालाई खोजी गरिरहेको छ ।
पञ्चाले भने यसबारे आफूलाई जानकारी नभएको बताएकी थिइन्। केही दिन अघि समाचार बाहिरिएपछि उनले सामाजिक सञ्जालमार्फत यसबारे छानबिन गर्नुपर्ने भन्दै लेखेकी थिइन् । ‘१५ वर्ष अगाडि घटना कसरी घट्यो, किन घट्यो, कसको कारणले घट्यो भन्ने बारेमा न्यायिक र सत्य तथ्य छानबिन होस्। यसमा मेरो सहयोग रहनेछ। स्थानीय राजनीतिक प्रतिशोधका आधारमा झुट्टा मुद्दा दर्ता गरिएको विषय यो घटनाको सत्यता उजागर भएसँगै सार्वजनिक हुने नै छ,’ उनले भनेकी थिइन्, ‘राजनीतिक जीवन सुरु भएसँगै हरेक चरण षड्यन्त्रपूर्ण रूपमा कथाहरू तयार गर्ने र आरोपित गर्ने दुष्प्रयास नभएका होइनन्। यो घटना आरोपहरूको उत्कर्षको रूपमा रहेको बुझेको छु र यही अनुरूप सामना गर्न पनि तयार रहेको जानकारी गराउँछु।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो