
काठमाडौँ । छिमेकी मुलुक भारतले म्यान्मासँगको सीमामा तारबार लगाउने भएको छ ।
भारतले स्वतन्त्र आवागमन सीमा क्षेत्र सम्झौतालाई रद्द गर्दै म्यान्मासँगको आफ्नो विशाल र खुला सीमामा तारबार लगाउने योजना बनाएको भारतीय सञ्चारमाध्यमले बताएको छ । विद्रोही आक्रमणबाट भागेर म्यान्माका सयौँ सैनिक भारतमा प्रवेश गरेपछि गृहमन्त्री अमित शाहबाट यस्तो घोषणा आएको हो । शाहले उत्तरपूर्वी राज्य आसामको भ्रमणका क्रममा भन्नुभयो, “सरकारले पूरै खुला भारत–म्यान्मा सीमामा तारबार लगाउने निर्णय गरेको छ ।”
भारत र म्यान्माबिच दुर्गम जङ्गलदेखि लिएर हिउँले ढाकिएको हिमालयका चुचुरासम्म १ हजार २ सय किलोमिटर भन्दा धेरै सीमा फैलिएको छ । कुनै बेला सीमा वा तारबारको निर्माण कसरी गरिनेछ भन्नेबारेमा कुनै जानकारी नदिनुभएका गृहमन्त्री शाहले सरकारले स्वतन्त्र आवागमन सम्झौतालाई पनि अन्त्य गर्ने बताउनुभयो । सम्झौताले सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूलाई भिसाबिना एक अर्काको क्षेत्रमा थोरै दूरीसम्म जाने अनुमति दिन्छ । सीमावर्ती क्षेत्रमा कयौँ मानिसबिच घनिष्ठ सांस्कृतिक तथा धार्मिक सम्बन्धसमेत छ ।
टाइम्स अफ इन्डियाले पोस्ट गरेको एक भिडियोअनुसार शाहले भन्नुभयो, “हामी यो सुविधालाई अन्त्य गर्दैछौँ ।” सन् २०२१ को सरकारी आँकडाअनुसार भारतले यसअघि नै पाकिस्तानसँगको आफ्नो सीमाको २ हजार किलोमिटरभन्दा धेरै र बङ्गलादेशसँगको कम्तीमा तीन हजार एक सय किलोमिटरमा तारबार लगाइसकेको छ । नोभेम्बरमा अराकान आर्मी (एए) लडाकूहरूले सुरक्षा बलहरूमाथि आक्रमण गरेपछि भारतीय सीमानजिकै म्यान्माका केही भागमा लगातार झडप भएका छन् । यसबाट सन् २०२१ को सैन्य विद्रोहपछि ठूलो मात्रामा युद्धविराम समाप्त भएको छ ।
अक्टोबरमा एए विद्रोही र अन्य जातीय अल्पसङ्ख्यक लडाकूसहितको एउटा गठबन्धनले उत्तरी म्यान्मामा संयुक्त आक्रमण गरेर चिनियाँ सीमामा महत्त्वपूर्ण व्यापार केन्द्रमाथि कब्जा गरेको थियो । यसै महिनाको प्रारम्भमा उक्त गठबन्धनले चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको छ तर यो भारतीय सीमा नजिकका क्षेत्रमा लागू भएको छैन । यहाँ लडाइँ जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध