
प्यूठान । प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ । पर्यटकीयस्थलको प्रवद्र्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो ।
जिल्लाको सदरमुकाम खलङ्गा सङ्घीयतापछि सुस्ताउँदै गइरहेको थियो । खलङ्गासहित मल्लरानी क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासीले अम्ब्रेलास्थल गरी प्रचार, मल्लरानीमा खाना महोत्सव गर्दै आएकामा अब साहसिक पर्यटकीय पूर्वाधार ‘जिपलाइन’ मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रालिले रु एक करोड लागतमा निर्माण गरेको अध्यक्ष इमानसिंह भारतीले जानकारी दिनुभयो ।
मल्लरानी गाउँपालिका–४ का धाइरेचौर सामुदायिक वन र पालेवन सामुदायिक वन क्षेत्रमा जिपलाइन निर्माण गरिएको छ । वनले पर्यापर्यटन विकास कार्यक्रम सञ्चालनको कार्ययोजनाअन्तर्गत जिपलाइन निर्माण गरेको छभने समन्वय प्रालिले गरेको नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका भारतीले बताउनुभयो ।
‘जिपलाइन’को चलान विन्दुबाट अवतरण विन्दुसम्मको दूरी छ सय ५० मिटरको छ । भारतीले भन्नुभयो, “जिपलाइनको निर्माणले मल्लरानी क्षेत्रमा पर्यटनको आगमन वृद्धिको विश्वास छ ।” जिपलाइनमा दैनिक दुई सयजना बढीले खेल्न सकिनेछ । जिपलाइनको औपचारिक उद्घाटनको तयारी भइरहेको छ ।
पछिल्लो समय मल्लरानी पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । पर्यावरणीय आनन्द प्राप्त गर्ने मल्लरानी सुन्दर पर्यटकीय गन्तव्य हो । प्यूठानको सदरमुकाम खलङ्गाबाट दुई किमी नजिक रहेको मल्लरानीबाट धवलागिरि, माछापुच्छे«लगायतका थुप्रै हिमाल देख्न सकिन्छ ।
यहाँबाट बिजुलीकोटसँगै सदरमुकाम खलङ्गा, बाग्दुला, बिजुवार, जुम्री, माझकोट, खैरा, कसेरी, सानीलेख, मुनडाँडालगायत दर्जनौँ स्थान र छिमेकी जिल्ला अर्घाखाँचीका केही स्थानसमेत अवलोकन गर्न सकिन्छ ।
मल्लरानीमा गाउँपालिकाले चिल्डेन पार्क, वनभोजस्थल निर्माण थालेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मल्लरानीबाट यसअघि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । त्यसले भने निरन्तरता पाउन सकेन । नयाँ वर्ष, फागुपूर्णिमा, लालीगुराँस फुल्ने समय र बिदाका दिनमा आन्तरिक पर्यटक बढी घुम्न आउने गरेको स्थानीयवासी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध