
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई तत्कालै स्वदेश फर्काउन सकिने स्थिति नरहेको बताउनुभएको छ ।
युगाण्डाबाट आइतबार बिहान स्वदेश फर्कनुका प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई फर्काउन पहल गरिए पनि रुसले मान्ने स्थिति नरहेको जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री रुसी सेनामा भर्ती भएकाहरुलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको समेत जानकारी दिनुभयो । ‘रुसी सेनामा भर्ती भएका नेपालीहरु अहिले रुस(युक्रेन युद्धमै छन्’ उहाँले भन्नुभयो ‘अहिले सरकारले भन्दावित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन ।’
प्रधानमन्त्री युगाण्डा रहँदा आफूले रुसको उपविदेशमन्त्रीलाई भटेर नेपालीहरुलाई स्वदेश फर्काइदिन आग्रह गरेको समेत सुनाउनुभयो । अवैध रुप रुस पुगेर त्यहाँको सेनामा भर्ती हुने क्रम रोक्न संचार माध्यमले पनि भूमिका खेल्नुपर्ने प्रधानमन्त्रीको भनाई छ ।
‘मिडियाहरुले जनतामा चेतना फैलाउन पर्यो’ उहाँले भन्नुभयो ‘जहाँ पायो त्यहीँ सेनामा भर्ना हुने, अझ बाटो छलेर जाने गर्न भएन भनेर जनचेतना फैलाउन पर्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध