
काठमाडौँ । पाकिस्तानमा ८ महिनादेखि तलब नपाएका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् ।
खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीहरूको भविष्यलाई असर पग्नुका साथै शिक्षकहरु आन्दोलित भएको द डन पत्रिकाले रिपोर्ट गरेको छ ।
द डनले रिपोर्ट गरेअनुसार, श्रमिकका लागि न्यूनतम ज्याला समेत दिन नसकेकाले विभिन्न विद्यालयले प्राथमिक तथा माध्यमिक शिक्षा फाउन्डेशनअन्तर्गत काम गरिरहेका छन् ।
विद्यालय शिक्षकको तलबको लागि दुई अर्ब रुपैयाँ आवश्यक रहेको जनाउदै फाउन्डेसनका लागि रकम जारी गर्न सरकार असमर्थ रहेको एण्ड एसइएफका एक वरिष्ठ अधिकारीले बताउनु भएको छ ।
एकजना शिक्षकले मार्चदेखि तलब नदिएकोमा दुःख व्यक्त गर्दै आफूसँग आयको अन्य कुनै स्रोत नभएकाले आधारभूत आवश्यकता पूरा गर्न आफन्तबाट ऋण लिइरहेका बताउनु भएको छ ।
शिक्षकहरुले तलब नपाए पछि धेरै विद्यालय बन्द भएका छन् भने अझै पनि सरकारले उनीहरूलाई तुरुन्तै तलबको व्यवस्था गर्न नसकेमा थप विद्यालय बन्द हुने सम्भावना रहेको जनाइएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन