
काठमाडौँ । श्रीलङ्काको पर्यटन आम्दानी २ अर्ब अमेरिकी डलर नाघेको छ ।
श्रीलङ्काले सन् २०२४ को पहिलो ५ महिनामा पर्यटनबाट २ अर्ब १७ करोड डलर कमाएको देशको केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कले देखाएको छ । यो सन् २०२३ को सोही अवधिको तुलनामा ६६ दशमलव एक प्रतिशतले बढी हो । त्यही अवधिमा पर्यटक आगमनमा पनि ५० दशमलव सात प्रतिशतले वृद्धि भएको र सन् २०२४ को पहिलो आठ महिनामा १३ लाख ६० हजार पर्यटक आएको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ ।
सन् २०२४ अगस्टमा पर्यटक आगमन एक लाख ६४ हजार छ सय नौ थियो । यो सङ्ख्या सन् २०२३ अगस्टको तुलनामा लगभग २० प्रतिशतले वृद्धि भएको हो । पर्यटन श्रीलङ्काको शीर्ष विदेशी राजस्व उत्पन्न गर्नेमध्ये एक माध्यम हो ।
श्रीलङ्का पर्यटन प्रवर्द्धन ब्युरोका प्रबन्ध निर्देशक नलिन परेराले श्रीलङ्काली पर्यटन अधिकारीहरूले सन् २०२५ मा ३० लाख विदेशी पर्यटकको अपेक्षा गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक