
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि ओरालो लागेको छ । नेप्से पछिल्लो ४ दिन कारोबार लगातार कमी आएको हो ।
गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अंकले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अंले घटेको थियो । पुँजीबजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८६ अङ्कले घटेर दुई हजार छ सय ४६ दशमलव ०३ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ०६ प्रतिशतको गिरावट हो ।
नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य कमी देखिएको छ । कारोबार रकम गत असार मसान्तको हाराहारीमा खुम्चिएको छ । आज तीन सय २७ कम्पनीको दुई करोड १० लाख ४८ हजार नौ सय ११ कित्ता शेयर एक लाख ११ हजार नौ सय ८६ पटक खरिदबिक्री हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह दुई दशमलव ६७, जीवन बीमा दुई दशमलव ४९, निर्जीवन बीमा दुई दशमलव ४५, लघुवित्त दुई दशमलव ३३, बैंकिङ दुई दशमलव २८ र वित्त समूह दुई दशमलव २७ प्रतिशतले घटेको छ ।
विकास बैंक एक दशमलव ८७, जलविद्युत् दुई दशमलव ४४, लगानी शून्य दशमलव ३४, उत्पादन तथा प्रशोधन एक दशमलव २५, म्युचुअल फन्ड शून्य दशमलव ९४, व्यापार शून्य दशमलव ३५ र अन्य समूह एक दशमलव ८३ प्रतिशतले घटेको छ । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ८ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ७८ प्रतिशतले घटेको छ ।
रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ३७ करोड ५ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार सङ्ख्याका आधारमा भने हाईड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १३ लाख ८२ हजार ९ सय ६ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो