
काठमाडौँ । इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । नेपालस्थित अमेरिकन दूतावासमा इडिभी प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
ललितपुर महालक्ष्मी नगरपालिका–८ घर भई हाल महालक्ष्मी–४ इमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका–१० घर भई हाल महालक्ष्मी–५ टिकाथली बस्ने २८ वर्षीय अनिलकुमार महतो, झापा अर्जुनधारा नगरपालिका–८ घर भई हाल ललितपुरको इमाडोल बस्ने ५० वर्षीय गोपालप्रसाद घिमिरे र सङ्खुवासभा खाँदवारी नगरपालिका–९ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका–५ बस्ने ४३ वर्षीय सुवास ढकाललाई नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार नेपालस्थित अमेरिकन दूतावासमा इडिभी प्रयोजनका लागि एसइई र १०ं२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाइ पेश गरेको भन्ने सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा उनीहरुलाई पक्राउ गरिएको हो ।
अमेरिकन राजदूतवास नजिकबाट पक्राउ परेका उनीहरुलाई लिखितसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो