
बाँके । राप्ती सोनारी गाउँपालिका–९ स्थित डुडुवा खोलामा पुल नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । खोलामा पुलको व्यवस्था नहुँदा स्थानीयले काठको लप्कोबाट जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।
बर्खायाममा बालबालिकालाई विद्यालय पठाउन र आवतजावत गर्न समस्या हुने गरेको राप्ती सोनारी–९ खैरी टोल निवासी लालबहादुर विकले बताउनुभयो । ‘हिउँदमा जसोतसो आवतजावत गरे पनि बर्सातमा ठूलो जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था छ’ विकले भन्नुभयो– ‘खैरीटोलबाट विद्यालय पढ्न गुरुवागाउँ जान बालबालिका जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।’ राप्ती सोनारी–९ मै बग्ने भक्ते खोला र चुके नालामा बर्सातमा आउने बाढीले स्थानीय प्रभावित हुँदै आएका छन् । वडामा रहेका खहरे खोलामा आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा कटान तथा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय भरत खड्काले बताउनुभयो ।
राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले वडामा सडक, पुल तथा नदी नियन्त्रणका लागि तटबन्ध निर्माणजस्ता पूर्वाधार विकास गर्नुपर्ने धेरै भए पनि वडाको सीमित बजेटबाट गर्न नसकिएको बताउनुभयो । ‘वडाका धेरै टोलमा पुल र कल्भर्टको आवश्यकता छ, निर्माणका लागि निरन्तर पहल भइरहेको छ’ वडाध्यक्ष थारूले भन्नुभयो– ‘गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसमक्ष आवश्यक बजेटको लागि पटक–पटक माग गर्दै आएका छौँ’ ।’
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी–९ खैरीटोलस्थित डुडुवा खोलामा पुल निर्माणका लागि आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले सकेसम्म यो आर्थिक वर्षमै पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।
बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बाँकेका राप्ती सोनारी र नरैनापुरवासी खहरे खोलाबाट पीडित हुँदै आएकाले आवश्यक पुल र तटबन्धका लागि सम्बन्धित मन्त्रालयमा योजना पेश गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै