
काठमाडौँ । सांसद जयन्तीदेवी राईले नेपालको पर्यटकीय क्षेत्रका रुपमा चिनिएको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा तीन दिनसम्म भएको निरन्तर वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले भन्नुभयो– ‘नेपालको पर्यटकीय क्षेत्रका रुपमा हामीले चिनिरहेको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा दुईवटा हिमताल फुटेर तहसनहस भएको छ, मानवीय क्षति भएको छ ।’ हिमताल फुट्दा विद्यालय, स्वास्थ्यचौकी र पुल भत्किएको तथा एकजना बेपत्ता भएको, सरकारी कार्यालय लगायत सबै क्षेत्रको भौतिक पूर्वाधारमा क्षति पुग्नाका साथै दर्जनौँ घर बगाएको उल्लेख गर्दै सांसद राईले सरकारले तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
‘पुल भत्किएकाले स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ, हिमाली क्षेत्र भएका कारण त्यस ठाउँमा कोही पनि जानसक्ने अवस्था छैन, बस्ती पूरै ध्वस्त भएकाले अन्यत्र बसोबासको व्यवस्था गर्न आग्रह गर्दछु’ उहाँले भन्नुभयो ।
जीवनयापनका लागि तत्काल खाद्यान्न व्यवस्थाका साथै हराइरहेकाको खोजी कार्यमा तीव्रता दिनुपर्ने सांसद राईको माग छ । ‘हिमाली क्षेत्र असुरक्षित हुनु हामी सबै मानवजातिको पनि असुरक्षा बढ्दै जानु हो, माटो र पृथ्वीलाई जोगाउने काममा सरकारको ध्यान जानुपर्छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै