
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सरकारमा छँदा सुशासनका पक्षमा काम गरेको बताउनुभएको छ ।
पार्टी सम्वद्ध रुकुमपश्चिम–काठमाडौँ सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनमा उहाँले आफू नेतृत्वको पूर्ववर्ती सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गर्नुभयो ।
आफ्नो पार्टी समाजवादी क्रान्तिको तयारीमा रहेकाले पछिल्ला दिनमा पार्टीभित्रको बहसले झनै एकताबद्ध बनाएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले पार्टी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा राख्नुभएको मत फरक मत नभएकाले त्यसलाई केन्द्रीय समितिको दस्तावेजमा समावेश गरिने बताउनुभयो । उहाँले सम्पूर्ण माओवादी घटकलाई एकताबद्ध बनाउन लागिएको र पार्टीलाई झन् बलियो बनाउने दृढता व्यक्त गर्नुभयो ।
.माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताका पक्षमा काम गरेको बताउनुभयो । पार्टीमा बहस गर्न आफू सधै क्रियाशील रहिरहने तथा पार्टी बलियो बनाउनु निरन्तर खटिने उहाँको भनाइ छ । उहाँले पार्टीभित्रको बहसले पार्टीलाई अझ बलियो बनाएको विचार राख्नुभयो ।
पार्टी बनाउने एजेण्डामा छलफल गर्दा आफूमाथि प्रश्न उठाइएकामा असन्तुष्टी व्यक्त गर्दै उहाँले स्थायी समितिको निर्णयअनुसार आफू निरन्तर पार्टी बढाउन लागिरहने उल्लेख गर्नुभयो ।
नेत्र विक्रम चन्दलाई पार्टी नछोड्न आफूले बारम्बार आग्रह गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले भन्नुभयो, “अन्य वामपन्थी दलसँग एकताको कुरा चलिरहेको अवस्थामा विप्लवलाई माओवादीमा आउन रोक्यो भनेर अनर्गल प्रचार भयो । ”
त्यस अवसरमा अध्यक्ष दाहालले सम्पर्क समितिमा रहेर जनताको सेवामा क्रियाशील तथा समितिलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुभएको थियो । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले रुकुम सधैं क्रान्ति र नेतृत्वको पक्षमा उभिएदै आएको बताउनुभयो । उहाँले अझै जनताका सपना पूरा नभएको एवम् समाजवादी क्रान्तिका लागि पार्टी फेरि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेता शर्माले पार्टीलाई सुदृढ बनाउन गम्भीर समीक्षा गर्नुपर्ने, पार्टीभित्र बढ्दै गएको मतभेद कम गर्न आत्मसमीक्षा गर्नुपर्ने एवम् सिङ्गो मुलुक माओवादीको एजेण्डामा अघि बढिरहँदा पनि माओवादी कमजोर हुनुमा सबैले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताका बीचमा गएर आत्मसमीक्षा गरौँ । गाउँ फर्कौ, आधार इलाका जाऊँ, समाजवादी क्रान्तिका लागि जनताका बीचमा जानैपर्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै