
जनकपुर । जनकपुरधामस्थित ऐतिहासिक तेलहा पोखरीमा पानी फोहोरा, ‘डिजिटल लाइटिङ’ तथा पोखरी डिलमा व्यवस्थित विश्रामस्थल बनाइने भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज धार्मिक महत्व रहेको तेलहा पोखरीलगायत स्थानको अवलोकनपछि सो जानकारी दिनुहुँदै जनकपुरधाममा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आध्यात्मिक आनन्द तथा मनोरम अनुभूतिका लागि पोखरीमा पानी फोहोरसँगै डिजिटल लाइटिङ राख्न आवश्यक सहयोग गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “धार्मिक नगरी जनकपुरधामका पुरातात्विक स्थान संरक्षण तथा संवर्द्धन गर्न प्रदेश सरकारले उच्च प्राथमिता दिएको छ । ” केही समय अगाडि पोखरीको चारै डिलमा पक्की घाटलगायतको संरचना निर्माण गरिएको थियो । मुख्यमन्त्री सिंहले तेलहा धार्मिक आख्यानमा आधारित पोखरीको थप संरक्षणका लागि स्थानीय तहसँग समन्वय गरिने पनि बताउनुभयो ।
मुख्यमन्त्री सिंहले त्यसअघि आजै बिहान अङ्गराजसर ९अरगजा पोखरी० को अवलोकन गरी पोखरीको दक्षिणी डिलमा वृक्षरोपण गर्न सम्बन्धीत निकायलाई निदेशन समेत दिनुभएको थियो । जानकी मन्दिरका महन्थ रामरोशन दासले ५० वर्षभन्दा बढी समयदेखि पोखरी वरपर पसल सञ्चालन भइरहेकाले वैकल्पिक व्यवस्था नहुँदासम्म खाली गराउन कठिन हुने बताउनुभएको छ । मुख्यमन्त्री सिंहले जानकी मन्दिर परिसरको समेत अवलोकन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’