
काठमाडौँ। विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’को आजदेखि पुनः प्रदर्शन गरिएको छ । तत्कालीन समयमा चलचित्र भवनले शो बाँडफाँटमा विभेद गरेको भन्दै निर्माता विराज विष्टले चलचित्रको प्रदर्शन रोक्नुभएको थियो ।
पुनः प्रदर्शनमा केही दृश्य सम्पादनसहित गीत थपेर दर्शकसम्म ल्याइएको निर्माता विष्टले जानकारी दिनुभयो । “चलचित्र प्रदर्शनमा कठिनाइ भएको कारण पुनः प्रदर्शन गरेका हौँ । चलचित्रमा कर्णालीको सौन्दर्यसँगै एउटा समयलाई चित्रण गरिएको छ”, उहाँले भन्नुभयो ।
चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
कोरोना महामारीका कारण भएको बन्दाबन्दीपश्चात् ‘कठपुतली’, ‘चपली हाइट–३’, ‘बिहे पास’,‘आचार्य’लगायत चलचित्र पुनः प्रदर्शन भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै