+

पदाधिकारीबारे छलफल गर्न समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारी छनौटबारे छलफल गर्न भदौको दोस्रो साता केन्द्रीय कमिटी बैठक  बस्ने भएको छ ।

केन्द्रीय सदस्यहरूको शपथ ग्रहणसहित केन्द्रीय संरचना निर्माण लगायत विविध विषयमा छलफल गर्न भदौ ९, १० र ११ गते  काठमाडौँमा बैठक आयोजना गरिएको महासचिव घनश्याम भूसालले जानकारी दिनुभएको छ । 

एकीकृत समाजवादीले महाधिवेशन सकिएको डेढ महिना बित्दा पनि केन्द्रीय पदाधिकारी टुंग्याउन सकेको छैनन् ।  गएको असार तेस्रो साता काठमाडौँमा भएको १० औँ महाधिवेशनले अध्यक्ष सम्मानित नेता र महासचिवको मात्रै टुंग्गो लगाएको थियो । २१ पदाधिकारीका अन्य पद भने छिनोफनो गर्न बाँकी छ । 

एकीकृत समाजवादीले केन्द्रीय सदस्य भने महाधिवेशनपछि शीर्ष नेताहरुको सहमतिमा टुंग्याएको छ । पछि थपिएका केन्द्रीय सदस्यको शपथहित बैठक आयोजना गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट