
काठमाडौँ । पछिल्लो समय विश्यव्यापी रूपमा मङ्कीपक्सको सङक्रमण पुष्टि भइरहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले प्रभावित देशलाई मङ्कीपक्स प्रकोपको सामना गर्न मिलेर काम गर्न आग्रह गर्दै प्रकोपलाई शीघ्र सम्बोधन गर्न आह्वान गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल एक्समार्फत मङ्कीपक्स भाइरसको सङ्क्रमणसँग लड्नका लागि विश्वव्यापी निगरानी, डाटा साझेदारी र सहकार्य बढाउनुपर्ने कुरामा जोड दिनुभयो
अल जजिराले पछिल्लो समय स्विडेनमा पुष्टि भएको मङ्कीपक्सको पहिलो केसबाट यो नजिकको सम्पर्कबाट फैलिने अधिक खतरनाक संस्करण भएको बताएको छ । योसँगै स्विडेन सरकारले बिहीबार अफ्रिकाबाहिर यो भेरिएन्टको पहिलो केस पहिचान भएको जनाएको छ ।
स्वास्थ्य तथा सामाजिक मामिलामन्त्री ज्याकब फोर्समेडले बिहीबार पत्रकार सम्मेलनमा भन्नुभयो– ‘स्वीडेनमा हामीसँग अधिक गम्भीर प्रकारको क्लेड १ नामको एमपक्स (मङ्कीपक्स) पुष्टि भएको छ ।’
डब्लुएचओले प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट शुरु भएर अन्य देशमा फैलिएपछि एमपक्सलाई दुई वर्षमा दोस्रोपटक विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
हाल साउदी अरेबियाबाट फर्केका एक व्यक्तिमा भाइरसको पुष्टि भएपछि पाकिस्तानमा पनि पहिलो मङ्कीपक्सको घटना पुष्टि गरेको एआरवाई न्यूजले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।
एआरवाई न्यूजका अनुसार पेशावरको खैबर मेडिकल विश्वविद्यालयले सङक्रमणको पुष्टि गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै