
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिनुभएको छ ।
केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री खड्काको अध्यक्षतामा आज सिंहदरबारमा बसेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको बोर्ड बैठकमा उहाँले मुलुकमा नवीकरणीय ऊर्जाको विकासका लागि आवश्यकपर्ने नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिनुभएको हो ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ हाल सङ्घीय संसदमा प्रस्तुत भइसकेको छ । मन्त्री खड्काले नवीकरणीय उर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र लाग्नुपर्ने बताउनुभयो ।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले बैठकमा केन्द्रमार्फत आव २०८० र ८१ सञ्चालित कार्यक्रम र आयोजनाको प्रगतिको समीक्षा, आव २०८१ र ८२ को वार्षिक कार्यक्रम तथा बजेट विस्तृतीकरण, केन्द्रलाई आवश्यकपर्ने जनशक्ति व्यवस्थापन लगायतमा छलफल भएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै