
धनुषा । धनुषा-महोत्तरी तथा आसपासका क्षेत्रमा गुणस्तरीय विद्युत् प्रवाहका लागि महत्वपूर्ण मानिएको १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी आजदेखि सञ्चालनमा ल्याइएको छ ।
धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत् प्राधिकरणको करिब १ अर्ब १३ करोड लगानीमा आयोजना निर्माण गरिएको हो । डबल सर्किट प्रसारण लाइनको लम्बाइ २३ किलोमिटर छ । प्रसारण लाइनका लागि ९१ टावर निर्माण भएका छन् ।
सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए क्षमताका दुई थान पावर ट्रान्सफर्मर थान र १३२/११ केभी, २२ दशमलव पाँच एमभिए क्षमताको एक थान ट्रान्सफर्मर छन् । समग्रमा सबस्टेसनको क्षमता ८२ दशमलव पाँच एमभिए छ ।
सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएपछि मुख्य रुपमा जनकपुर, जलेश्वर, गौशाला र यदुकुवा वितरण केन्द्रअन्तर्गतका करिब डेढ लाख ग्राहक लाभान्वित हुनेछन् । अब त्यस क्षेत्रको चुहावट कम हुने, न्यून भोल्टेज तथा छिनछिनमा विद्युत् विच्छेद (ट्रिपिङ) लगायतका समस्या समाधान भई समग्रमा विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले बताउनुभयो ।
यसअघि त्यस क्षेत्रमा ढल्केबरबाट जनकपुरको मुजलिया हुँदै विद्युत् आपूर्ति हुँदै आएको थियो । लाइन लामो र क्षमताले नधान्दा न्यून भोल्टेज, ट्रिपिङ लगायतका समस्या थिए ।
स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका चार फिडर निकाल्न सक्नेगरी संरचना तयार गरिएको छ । ३३ केभीका दुई फिडर जलेश्वर, एक गौशाला र एक जनकपुर क्षेत्रमा विद्युत् आपूर्तिका लागि प्रयोग गरिनेछ । यसमध्ये जनकपुरतर्फको एक फिडर निर्माण सम्पन्न गरी चालू गरिएको छ ।
लोहारपट्टी सबस्टेसन वरपरका क्षेत्रमा विद्युत् आपूर्तिका लागि ११ केभीका चार फिडर लाइन निकाल्नसक्ने व्यवस्था गरिएको छ । त्यसमध्ये दुई फिडर निर्माण सम्पन्नगरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइन आयोजना करिब ३ वर्षअघि शुरु गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन