
पर्वत । जिल्लाका विभिन्न भागमा ग्रामीण सडक कालोपत्र, मोटर चल्ने पुल, सडक, ढल निकास लगायत १ सय २२ वटा योजना सम्पन भएका छन् ।
पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा ती योजना सम्पन्न भएका हुन् । गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारबाट १ सय ५२ योजना कार्यान्वयनका निम्ति स्वीकृत भएकामा १ सय २२ वटा योजना सम्पन्न भएका र बाँकी निर्माणाधीन रहेका जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेश मातहतका १क सय ३३ योजना र सङ्घीय सरकारअन्तर्गतका १९ वटा योजनामध्ये सडकतर्फ ६ वटा ठूला आयोजना सम्पन्न भएका तथा ७ तवटा मर्मत गरिएका हुन् ।
उक्त कार्यालयका प्रमुख गुरुदत्त अधिकारीका अनुसार २० वटा योजना बहुवर्षे ठेक्कामा गएका छन् भने वन क्षेत्रलगायत विवाद कारण १० वटा योजना कार्यान्वयन भएका छैनन् । ती योजनाको रकम पनि फ्रिज भएको छ ।
गत आवमा डिमुवा–राम्जा–चित्रे साढे पाँच किलोमिटर र चिसापानी–हातेमालो चोक–त्रिवेणी–वहाकीभञ्याङ–पोखराचौर सडक आठ किलोमिटर कालोपत्र गरिएको छ । यसैगरी सेराबेँसी–मोहरिया–भुकताङ्, फलेवास नगरपालिका–३ स्थित नुवार–सहिदचोक–चुुचुनदेउराली सडक ५ सय ६० मिटर र वाँझावारी–राम्चे–चौतारा– शङ्करपोखरी सडक ५ सय ६० मिटर, मख–ठूलीपोखरी–देउपुर–देउराली–जोगीथुम दुई किलोमिटर, मिलनचोक–धाइरिङ–घाखेत चार किलोमिटर सडक कालोपत्र सम्पन्न भएको उक्त कार्यालयले जनाएको छ ।
सडक पूर्वाधार निर्माणकै क्रममा लिदीखोलामा पुल निर्माणाधीन छ । पैंयुँ गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलको एक साइड क्याप लेभलसम्मको काम पूरा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै