
दाङ । तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित लक्ष्मीनारायण मन्दिर मर्मत, धर्मशाला तथा गौशाला निर्माण गर्ने उद्देश्यले झुला महोत्सव तथा शृङ्गारिक महाआरती आयोजना गरिएको छ ।
महोत्सव र महाआरती मार्फत् मन्दिर मर्मत र धर्मशाला निर्माणका लागि दान गर्ने दाताको सङ्ख्या उल्लेख्यरूपमा देखिएका छन् । महोत्सवमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले १० लाख सहयोग गर्ने घोषणा गर्नुभयो । उहाँले सांसद विकास कोषबाट त्यो रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
मङ्गलबार तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले १ लाख ११ हजार रुपैयाँ दान गर्नुभयो । राष्ट्रिय समाचार समितिका दाङ समाचारदाता नारायणी रजौरेले स्वर्गीय पिता उमाकान्त रजौरे, माता गीतादेवी रजौरे, स्वर्गीय श्रीमान् हरिप्रसाद अधिकारी, भाइ स्वर्गीय चन्द्रमणि रजौरेको स्मृतिमा १ लाख ५ हजार दान गर्नुभएको छ । तुलसीपुरका उद्योगपति उत्तम कुमार श्रेष्ठले स्वर्गीय माता पिताको स्मृितमा १ लाख ११ हजार रुपैयाँ दान गर्नुभयो ।
तुलसीपुरका व्यापारी गोकर्ण गिरीले एक लाख बढी रकम दान गर्नुभएको छ । तुलसीपुर उपमहानरपालिका– ६ का वडाध्यक्ष दुजमान भण्डारीले मन्दिरका लागि एक थान कुलर उपलब्ध गराउनुभएको छ । झुला महोत्सव तथा महाआरतीको पाँचौँ दिन आज पनि भक्तजनको सङ्ख्या बढिरहेको छ । महोत्सवमा भक्तजनले सहयोग गर्नुभएको नगद तथा जिन्सीका विवरण महोत्सव सम्पन्न भएको ३ दिनपछि सार्वजनिक गरिने मन्दिर व्यवस्थापन समितिका संयोजक तथा मठाधीश स्वामी केशवा आचार्य (सूर्यपाकी) ले जानकारी दिनुभयो ।
झुला महोत्सव तथा शृङ्गारिक महाआरती आगामी भदौ २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै