
पर्वत । बेलायतमा बसोबास गर्ने पर्वतेलीहरूको संस्था पर्वत समाजले जिल्लाका १ सय ५९ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
जलजला गाउँपालिकाको फर्से धाइरिङ माध्यमिक विद्यालय, कृष्णभवन धर्म मावि, शालिजा मावि र ग्रामप्रकाश मावि लेखफाँटका ४४ जना तथा दक्षिण पर्वतको विहादी गाउँपालिकामा रहेका विभिन्न विद्यालयका एक सय १५ जना विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।
विद्यालयले छनोट गरेका विद्यार्थीलाई स्टेशनरी, पोशाक, झोला वितरण गरिएको समाजका पूर्वअध्यक्ष दधि आचार्यले बताउनुभयो । मङ्गलबार आयोजित एक कार्यक्रममा ती सामग्री हस्तान्तरण गरिएको हो ।
त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य रेखा गुरुङ, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, बिहादी गाउँपालिका अध्यक्ष परबिन गुरुङलगायत उपस्थित हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी