
काठमाडौँ। एएफसी च्यालेन्ज लिगअन्तर्गत प्रारम्भिक चरणको खेलमा नेपालको चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा पारो एफसीले चर्च ब्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्यो । पारो एफसीको जितमा किङ्गा वाङ्चुक र विलियम ओपोकुले एक/एक गोल गरे ।
खेलमा ३८औँ मिनेटमा लाकेन लिम्बुले गोल गरेपछि चर्च ब्वाइजले अग्रता लिएको थियो । मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गरेका थिए ।
तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ४०औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले गोल गर्दै खेल बराबरीमा ल्याए । चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गर्न सफल भए । खेलको ६६औँ मिनेटमा पारो एफसीका लागि विलियम ओपोकुले निर्णायक गोल गर्दै २–१ को अग्रता दिलाएका थिए ।
जितसँगै पारो एफसी प्रतियोगिताको समूह चरणमा प्रवेश गरेको छ भने चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ । भुटानी क्लबले सिनियरस्तरको प्रतियोगितामा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो ।
भुटानी लिग च्याम्पियन पारो एफसीले पहिलो रोजाइमा नौ विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो भने सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजले तीन जना विदेशी खेलाडी मैदानमा उतारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी