
पर्सा । वीरगञ्जको नारायणी रङ्गशाला मर्मतका लागि आवश्यक बजेट व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग माग गरिएको छ ।
खानेपानी मन्त्री प्रदीप यादवसहित पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा गएको टोलीले आज खेलकुदमन्त्री चौधरीलाई भेट्दै नारायणी रङ्गशालाका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गरेको हो ।
खानेपानी मन्त्री यादवले आफ्नो गृहजिल्ला नारायणी रङ्गशालाको गौरवशाली इतिहास र पहिचान रहेकाले पनि यथाशीघ्र मर्मतको काम अघि बढाउन अनुरोध गर्नुभएको भएको जनाइएको छ । ‘नारायणी रङ्गशालाको जीर्णोद्धारका लागि जग्गा विवाद समाधान गर्न आवश्यक मुआब्जा वितरण प्रक्रिया अघि बढाउन पनि जरुरी देखिएको छ’ उहाँले भन्नुभयो– ‘हामी एकापसमा समन्वय गरेर सहकार्य पनि गर्न सक्नेछौँ ।’
युवा तथा खेलकुद मन्त्री चौधरीले वीरगञ्जको इतिहाससँग जोडिएको नारायणी रङ्गशालाको पुनःनिर्माणका लागि आफूले हरेक सम्भव पहल गर्ने प्रतिबद्धता जाउनुभयो । उहाँले जग्गा विवाद समाधान गर्न मुआब्जा वितरण प्रक्रिया अघि बढाउन पनि अर्थ मन्त्रालयसँग समन्वय गर्ने जानकारी दिनुभयो ।
पर्सा क्रिकेट सङ्घका अध्यक्ष अध्यक्ष मनिष सिंहले २०४२ सालमा निर्माण भएको रङ्गशाला मर्मतसम्भारको अभावमा अहिले जीर्ण अवस्थाबाट गुज्रिरहेको बताउनुभयो । ‘नारायणी रङ्गशाला १८ विघा क्षेत्रफलमा फैलिएको छ । तर, पुरानो प्याराफिट ठाउँ–ठाउँमा भत्किएर कामै नलाग्ने अवस्थाबाट गुज्रिरहेको छ’ उहाँले भन्नुभयो– ‘जतिसक्दो चाँडो नारायणी रङ्गशालाई पहिलाकै अवस्थामा फर्काउन जरुरी भइसकेको छ ।’
अध्यक्ष सिंहले नारायणी रङ्गशालासँगै रहेको नारायणी क्रिकेट मैदानलाई पनि व्यवस्थित गराउनका लागि अनुरोध गरेको बताउनुभयो । रङ्गशालामा करिव ३५ हजारभन्दा धेरै दर्शक अट्ने प्याराफिट छ । हाल रङ्गशाला वरपरका पर्खाल भत्किएर जीर्ण अवस्थामा छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले पाँच वर्षअघि रङ्गशालाको जीर्णोद्धार र पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर ) समेत निर्माण गरेको थियो । तर, बजेट अभावकै कारणले काम अघि बढ्न सकिरहेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै