
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् (यूएनएससी) मा अफ्रिकाको स्थायी सदस्यताको लागि आह्वान गर्दै सुरक्षा परिषद्लाई विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ।
सोमबार आयोजित सुरक्षा परिषद् उच्चस्तरीय बहसका क्रममा संयुक्त राष्ट्रसङ्घका प्रमुखले परिषद्को संरचना परिवर्तनशील विश्वसँग तालमेल राख्न असफल भएको भन्दै यसको सुधार आवश्यक रहेको बताउनुभएको हो ।
‘विश्वको प्रमुख शान्ति र सुरक्षा निकायमा एक अर्बभन्दा बढी जनसङ्ख्या भएको महाद्वीपका लागि स्थायी आवाजको अभाव छ भन्ने कुरा हामी अस्वीकार गर्न सक्दैनौँ साथै हामी महाद्वीप र विश्वभर शान्ति र सुरक्षाको प्रश्नमा अफ्रिकाको दृष्टिकोणलाई कम महत्व दिइएको कुरा पनि अस्वीकार गर्न सक्दैनौँ’ गुटेरेसले भन्नुभयो ।
पन्ध्र सदस्यीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू–चीन, फ्रान्स, रुस, संयुक्त राज्य अमेरिका र बेलायत–प्रत्येकसँग मतदानमा भिटो गर्ने क्षमता छ । बाँकी १० अस्थायी सदस्यता क्षेत्रीय रूपमा वितरण गरिएका छन् ।
दशमध्ये तीन अफ्रिकी राज्यका लागि, ल्याटिन अमेरिका र क्यारिबियनका लागि दुई, एसिया–प्यासिफिकका लागि दुई, पश्चिमी युरोप र अन्य राज्यका लागि दुई र पूर्वी युरोपका लागि एक सदस्यता वितरण गरिएको छ ।
यूएनएससीले गत मे महिनामा अफ्रिकी राष्ट्रले विश्वव्यापी सुरक्षा र विकाससँग सम्बन्धित मुद्दाको सामना गर्न ठूलो भूमिका निर्वाह गर्ने जनाएको थियो ।
यसैबीच, संयुक्त राष्ट्र महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले बहसमा संयुक्त राष्ट्रले विश्वलाई जस्तो छ त्यस्तै प्रतिबिम्बित गर्नुपर्ने बताउनुभयो । ‘सुरक्षा परिषदमा अफ्रिकालाई कम प्रतिनिधित्व गरिएको छ भन्ने तथ्यले समानता र समावेशीकरणका दुवै सिद्धान्तको अपमान गर्दछ’ उहाँले भन्नुभयो ।
‘यो राज्यबीच सार्वभौम समानताको सिद्धान्तको विपरीत छ र लगभग ८० वर्ष पहिलेको भन्दा तत्कालिन समाजलाई प्रतिबिम्बित गर्न यस संस्थालाई तत्काल सुधार गर्न आवश्यक छ’ फ्रान्सिसले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै