
काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा काठका सामग्र्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको छ । मिडिया स्पेस सोलुसन्ल प्रालि र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रालिको आयोजनामा नवौँ नेपाल बुड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०८० शुरु गरिएको हो ।
व्यवसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रसँग सम्बन्धित नवीनतम प्रविधिबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी गरिएको आयोजकले जनाएका छन् । प्रदर्शनीमा नेपालमा उत्पादित फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसहित मेलामा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी प्रदर्शनी कक्ष छन् ।
मिडिया स्पेस सोलुसन्ल प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
प्रदर्शनीमा नेपाल, भारत, चीन, ताइवान, मलेसिया मुलुकका कम्पनी सहभागी छन् । नेपालको काठ तथा फर्निचर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने र विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सहज रुपमा उपलब्ध गराउने माध्यम प्रदर्शनी बन्ने आयोजकको दाबी छ ।
आयोजकका अनुसार प्रदर्शनी ३ दिनसम्म संचालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल