
जनकपुरधाम । सरकारको पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधाममा पाठ्यपुस्तक बिक्रीमा कमी आएको छ ।
विगतको तुलनामा शैक्षिक सत्र २०८१ मा पाठ्यपुस्तक बिक्रीमा २ करोड ७० लाख रुपैयाँले कमी आएको छ । कार्यालयले गत शैक्षिक सत्र २०८० मा २६ करोड रुपैयाँ मूल्य बराबरको किताब बिक्री गरेको थियो । यस वर्ष २३ करोड ३० लाख रुपैयाँ मूल्य बराबरको किताब बिक्री गरेको छ । गत शैक्षिक सत्र २०८० को तुलनामा शैक्षिक सत्र २०८१ मा २ करोड ७० लाख रुपैयाँले पाठ्यपुस्तक बिक्रीमा कमी आएको हो । यस वर्षको वैशाखदेखि असारसम्म पाठ्यपुस्तक बिक्री भएको हो ।
कार्यालयका अनुसार चालु शैक्षिक सत्र २०८१ मा कार्यालयले कक्षा १ देखि १२ सम्मका लागि २२ लाख ६४ हजार ६ सय ८३ थान पाठ्यपुस्तक बिक्री गरेको छ । मधेस प्रदेशको आठ जिल्लालगायत पहाडी जिल्ला ओखलढुङ्गा, उदयपुर र सिन्धुलीमा रहेका ९६ आधिकारिक बिक्रेतामार्फत सो पाठ्यपुस्तक बिक्री भएको कार्यालयका प्रमुख रुद्र खनालले जानकारी दिनुभएको छ ।
विद्यार्थीसँग पुरानो पाठ्यपुस्तक भएको तथा विद्यार्थीहरुले बीचमा पढाइ छाडेकाले शैक्षिक सत्र २०८० को तुलनामा यस शैक्षिक शत्रमा पाठ्यपुस्तक बिक्रीमा कमी आएको अनुमान खनालको छ । अहिले कार्यालयसँग ३५ प्रतिशत अर्थात् ८ लाख थान पाठ्यपुस्तक मौज्दात रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै