
महोत्तरी । नेपाली सेनाले बृहत वृक्षरोपण अभियानअन्तर्गत मधेस प्रदेशमा यसवर्षको बर्खायाममा हालसम्म ६० हजारको सङ्ख्यामा वृक्षरोपण गरेको छ ।
मधेस प्रदेशमा प्रकृति संरक्षण र हरियाली प्रवर्द्धन शुरु गरिएको वृहत वृक्षरोपण अभियानमा पछिल्लो असार र साउनमा उल्लेखित सङ्ख्यामा वृक्षरोपण गरिएको सेनाको मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबास महोत्तरीले जनाएको छ ।
सेनाले साउनको चौथो साताभित्र महोत्तरी र धनुषाको सीमाक्षेत्रमा पर्ने धनुषाको मिथिला–११ को मोतीखोला सामुदायिक वनक्षेत्र र बगरटोलमा गरी सात बिघा क्षेत्रफलमा १० हजारको सङ्ख्यामा वृक्षरोपण गरेको जनाएको छ । गत बिहीबार मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहबाट वृक्षरोपण थालिएको थियो । यसअघि असारमा सिरहाको मिर्चैया–६, ७ को पर्ति जग्गामा ५० हजारको सङ्ख्यामा वृक्षरोपण रोपिएको पृतनाका सहायक रथी प्रकाशबहादुर चन्दले जानकारी दिनुभयो । वृक्षरोपण गरिएका दुवै ठाउँ चुरे क्षेत्र हुन् ।
चुरे मधेसको जीवन रहेको हुँदा यसको संरक्षणका लागि सघन वृक्षरोपण पहिलो अभिभारा रहेको सेनाको ठम्याइ छ । चुरेका प्राकृतिक स्रोत जमिन, पानी, चरनक्षेत्र र प्राणीको संरक्षण, जीविकाका लागि रुख बिरुवा अनिवार्य भएको सहायक रथि चन्दको भनाइ छ । रोपिएका बिरुवाहरुमा मलेसियन साल, टीक, खयर, अमला र बाँस छन् ।
वृक्षरोपणले अब वनक्षेत्र हराभरा बनाउन सहयोग पुग्ने मोतीखोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खड्कबहादुर विश्वकर्माको विश्वास छ । वनक्षेत्र नजिकको पर्ती जग्गामा अमला रोपिएको छ । यसले बस्ती पसेर हैरान गर्ने बाँदरले केही वर्षभित्रै जङ्गलमै पर्याप्त भोजन पाउने आशा गरिएको छ । भिरालो जग्गामा रोपिएको बाँस झ्याङ्गिदै गएपछि पाखाको माटो बग्ने र पहिरो जाने क्रम पातलिने स्थानीय बताउँछन् ।
यो अभियान मधेसका आठै जिल्लामा सञ्चालन गरिने सहायक रथी चन्दको भनाइ छ । रोपिएका बिरुवाको संरक्षणका लागि काँडेतारको घेराबेरा र नियमित देखभाल गरिने सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै