
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षले अवरोध गर्न थालेका छन् ।
प्रतिपक्ष सांसदहरुले विद्युत् महशुलबारे बोल्दाबोल्दै माइक काटिएको भन्दै आक्रोश व्यक्त गर्दै मंगलबारको बैठक अवरोध गरेका हुन् ।
बैठकको आकस्मिक समयमासांसद हरि ढकालले आफू बोलिरहेका बेला ‘माइक’ काटिएको भन्दै विरोध जनाउनुभयो । विद्युत् महशुलका विषयमा बोलिरहँदा माइकको लाइन काटिएपछि उहाँले आफ्ना भनाइ राख्न पाउनुपर्ने माग गर्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विद्युत् महशुलको विषयमा बोल्दाबोल्दै माइक काटिएको हुनाले समय तोकेर सांसद ढकाललाई बोल्न दिनुपर्ने माग गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताका प्रतिनिधिले जनताका चासोबारे बोल्न पाउनुपर्ने माग गर्नुभयो । बैठक केहीबेर अवरुद्ध भएपछि अहिले सञ्चालन भएको छ ।
त्यसअघि, सभामुख देवराज घिमिरेले आफूहरुले बनाएको नियमावलीअनुसार बैठकलाई मर्यादित ढङ्गले सञ्चालनमा सघाउन सांसदहरुसँग अनुरोध गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै