
महोत्तरी । गौशाला नगरपालिकामा मालपोत तथा नापी कार्यालयको कामकाज शुरु भएसँगै त्यस क्षेत्रका स्थानीय बासिन्दा खुशी भएका छन् ।
वर्षौंदेखि ४० किलोमिटर टाढा रहेको सदरमुकाम जलेश्वरस्थित मालपोत र नापी कार्यालयबाट भूमिसम्बन्धी सेवा लिन बाध्य रहेका त्यस क्षेत्रका बासिन्दा अब आजदेखि आफ्नै गाउँठाउँमा सेवा प्राप्त गर्न थालेपछि खुशी भएका छन् ।
गौशाला नगरपालिका, औरही नगरपालिका, सम्सी गाउँपालिका र सोनमा गाउँपालिकाका जग्गाको खरिदबिक्री, नामसारी, कित्ताकाट, अंशबन्डा, राजीनामा पासलगायत काम गौशाला बजारस्थित मालपोत र नापी कार्यालयबाट हुने गरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कार्यालयको उद्घाटन गर्नुभयो ।
आजदेखि त्यस क्षेत्रका चार पालिकाका हजारौँ जनताका जग्गासम्बन्धी सबै कामकाज अब गौशालाबाट शुरु भएको छ । सोमबार मालपोत र नापी दुवै कार्यालयको उद्घाटन भएसँगै आजदेखि त्यस क्षेत्रका गौशाला नगरपालिका, औरही नगरपालिका, सम्सी गाउँपालिका र सोनमा गाउँपालिकाका जग्गाको खरिद, बिक्री, नामसारी, कित्ताकाट, अंशबन्डा, राजीनामा पास, दृष्टिबन्धक पासलगायत कामहरु शुरु भएको हो ।
गौशाला निवासी हजारी साहले वर्षौंदेखि जग्गासम्बन्धी सानोतिनो कामदेखि ठूलठूला सबै कामका लागि ४० किलोमिटर टाढा सदरमुकाम जलेश्वर जानुपर्ने बाध्यता अब आफ्नै स्थानीय तहमा मालपोत र नापी आएपछि हटेको तथा यसले आफूहरु निक्कै खुशी भएको बताउनुभयो ।
औरहीका धमेन्द्र यादवले पनि आफ्नो पालिकालाई पायक पर्ने गौशालामा यस क्षेत्रका मालपोत र नापीसँग सम्बन्धित जग्गाका सम्पूर्ण कामकाज हुन थालेपछि आफूहरुको समय, पैसा र श्रमको बचत भएको तथा यसले आम जनमानसमा निकै खुशी ल्याएको बताउनुभयो ।
सम्सीका विजय यादवले जग्गासम्बन्धी कामकाजका लागि सदरमुकाम जलेश्वरस्थित मालपोत र नापी कार्यालयमा भर पर्दै आएको व्यवस्थाको अन्त्य भएर आम जनताले आफ्नै गाउँपालिकाको पायक पर्ने ठाउँमा सेवा प्राप्त गर्न थालेपछि एउटै कामका लागि ३÷४ दिनसम्म पनि जलेश्वर धाउने झन्झटबाट मुक्ति मिलेको र अतिरिक्त पैसा, समय तथा श्रमको बचत भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै