+

एक करोड वृक्षरोपण गर्न वनमन्त्रीको निर्देशन

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिभर देशभरि करिब एक करोड वृक्षरोपण गर्न निर्देशन दिनुभएको छ ।

मनसुन अवधिमा नेपालभरि बृहत् रूपमा वृक्षरोपण अभियान सञ्चालन गर्न  प्रदेशस्तरमा रहेका सबै वन कार्यालय भू तथा जलाधार संरक्षण कार्यालय, राष्ट्रिय  निकुञ्ज तथा आरक्ष कार्यालय र देशभरका सात सय ५३ स्थानीय तहमा करिब एक करोड वृक्षरोपण सञ्चालन गर्न निर्देशन जारी गरिएको मन्त्री शाहीले बताउनुभयो ।

वृक्षरोपण कार्यलाई प्रभावकारी बनाउन सबै निकायलाई आआफ्नो क्षेत्रबाट भूमिका  निर्वाह गर्न मन्त्रालय मातहतका निकायलाई अनुरोध गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । 

मन्त्री शाहीले पछिल्लो दुई सय वर्षमा मिथेन, नाइट्रसअक्साइड, कार्बन डाइअक्साइड जस्ता हरितगृह ग्यास उत्सर्जनका कारण वायुमण्डलमा परेका नकारात्मक प्रभाव न्यूनीकरणका लागि सबैले भूमिका खेल्न जरूरी रहेको बताउनुभयो । ‘जलवायु परिर्वतनले हिमालयलगायत मानव जीवन, सामाजिक, आर्थिक विकास, जैविक विविधता, पर्यटनलगायत क्षेत्रमा नकारात्मक असर पुर्याउन थालेको छ । अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो, हिमपहिरो, खडेरीजस्ता प्राकृतिक विपत्तिको जोखिममा बढ्न थालेको छ । त्यसैले यसको न्यूनीकरणको लागि बृहत् वृक्षरोपण गरी हरियाली बढाउन जरुरी छ’ निर्देशनमा उल्लेख छ । 

जलवायु परिवर्तनको सन्दर्भमा सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्र्सजन हुने ६० प्रतिशत कार्बन डाइअक्साइड वन जङ्गलले सोक्ने गरेकाले सबैले यसको संरक्षणमा लाग्नुपर्ने आवश्यकतासमेत औँल्याइएको छ । 

‘प्रत्येक घर, कार्यालय अगाडि कम्तीमा एउटा मात्र रुख रोप्न सके पनि वातावरणीय लाभका साथै हामीलाई धेरै फाइदा हुन्छ । सडकको दायाँबायाँ किनारमा पनि वृक्षरोपण गर्दा हरियालीले गाउँ शहरको शोभा पनि बढाउँछ’ मन्त्री ठकुरीले आज जारी गर्नुभएको निर्देशनमा उल्लेख ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट