
काठमाडौँ । एकै दिनमा सयौँ आप्रवासी बेलायत प्रवेश गरेका छन् ।
प्रधानमन्त्री केइर स्टार्मरले सत्ता सम्हालेपछि पहिलो पटक आइतबार साना डुङ्गामा चढी एकै दिनमा ७ सय भन्दा बढी आप्रवासीले ‘इङ्लिस च्यानल’ पार गरी बेलायती भूमिमा अवतरण गरेका हुन् । समना डुङ्गामा च्यानल पार गर्नुलाई अत्यधिक जोखिमपूर्ण यात्रा मानिन्छ ।
फ्रान्सेली अधिकारीहरूले यस वर्षको सुरुदेखि नै खतरनाक समुद्री यात्रामा ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको बताएका छन् । गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आइतबार ११ वटा डुङ्गामा ७ सय ३ जना आएका छन् ।
जुलाईमा भएको बेलायतको आम चुनावमा साना डुङ्गा आगमन रोक्नु एउटा प्रमुख एजेन्डा थियो । सत्ता सम्हालेको केही दिनमै स्टार्मरले आप्रवासीहरूलाई रुवान्डा पठाउने विवादास्पद योजना खारेज गर्नुभएको थियो । यो योजना पछिल्लो कन्जरभेटिभ सरकारको फ्ल्यागशिप नीति थियो । यसको साटो स्टार्मरले क्रसिङलाई व्यवस्थित गर्ने र प्रत्येक आप्रवासीले हजारौं युरो भुक्तानी गर्ने मानव तस्करी गिरोहलाई ध्वस्त पार्ने वाचा गर्नुभएको छ ।
जुलाई २९ मा तीन जना बालबालिकाको ज्यान जाने गरी भएको छुरा प्रहार र एक मुस्लिम आप्रवासीसँग आक्रमणकारी सामाजिक सञ्जालमा गैर–कानुनी तरिकाले जोडिएको घटनापछि बेलायतमा आप्रवासी विरोधी अशान्ति बढेको समय पछिल्लो तथ्याङ्क सार्वजनिक भएको हो ।
आप्रवासनसँग सम्बन्धित मस्जिद र होटललाई लक्षित गरी गरिएको दङ्गाको विरोधमा शनिबार बेलायतभर हजारौं रङ्गभेद विरोधी प्रदर्शनकारीले -याली निकालेका छन् ।
स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले गैरकानुनी आप्रवासीको सङ्ख्यामा भएको वृद्धिलाई नियन्त्रण गर्न ‘सहकार्य’ लाई मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सीमा पार गर्ने व्यक्तिको पछिल्लो सङ्ख्यासँगै सन् २०२४ को शुरुदेखि च्यानल पार गरी बेलायततर्फ जाने आप्रबासीकोे सङ्ख्या १८ हजार ३४२ पुगेको छ । यो गत वर्षको त्यही समयको तुलनामा १३ प्रतिशतले बढी हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै