
बागलुङ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गत आवमा कार्यक्रम सफल भएपछि जिल्लामा आलु उत्पादन बढाउन यस वर्ष पनि आलुखेतीलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको हो ।
चालु आवको कूल बजेटको ३५ प्रतिशत आलुको उत्पादन, प्रशोधन, बजार व्यवस्थापन लगायत क्षेत्रमा विनियोजन गरिएको केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमका लागि एक करोड ४९ लाख रुपैयाँ विनियोजन भएको छ ।
समुदायस्तरमा प्रशोधनयोग्य खायन आलु प्रवर्द्धन आयोजनाअन्तर्गत सिँचाइ पूर्वाधार सहयोग, यन्त्रिकीकरण, बाली कटानी, प्याकेजिङ तथा बजारीकरण, बीउ उत्पादनमा सहयोग र बीमा शुल्कमा अनुदान लगायत कार्यक्रम ल्याइएको प्रमुख सिलवालले बताउनुभयो । आलु प्रवर्द्धन कार्यक्रमले उत्पादन र खेतीको क्षेत्रफल वृद्धि हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
केन्द्रले आलुपछि सुन्तलालाई प्राथमिकता दिएर बजेट ल्याएको छ । सुन्तला जातको फलफूल विकास आयोजनाका लागि ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । सुन्तला किसानलाई तालिम, बाली कटानी, यन्त्रिकीकरण, सिँचाइ व्यवस्थापन, नयाँ बगैँचा विस्तार र पुरानाको सुधार तथा बीमा लगायत कार्यक्रम गरिने प्रमुख सिलवालले जानकारी दिनुभयो ।
‘केन्द्रले आलुु र सुन्तलालाई बढी प्राथमिकतमा राखेको छ, गत वर्ष आलुखेती विस्तार भएको थियो’ उहाँले भन्नुभयो– ‘जिल्लामा आलु र सुन्तलाको सम्भावना बढी हुनाका साथै आम्दानी पनि बढी हुने भएकाले किसानलाई प्रोत्साहन गर्न कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।’ उहाँका अनुसार एक वर्षमा २० करोड रुपैयाँको सुन्तला निर्यात भएको छ भने गत वर्ष २ हजार ७ सय रोपनी क्षेत्रफलमा आलुखेती गरिएको थियो ।
कृषि ज्ञान केन्द्रका अनुसार खाद्यान्न बाली प्रवर्द्धनअन्तर्गत ३७ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । मसला तथा निर्यातयोग्य बालीतर्फ ८ लाख, स्थानीय बालीतर्फ १४ लाख, जलवायुमैत्री प्रविधि प्रवर्द्धन गर्न १० लाख, पोषण सुरक्षा कार्यक्रमअन्तर्गत ४ लाख रुपैयाँ विनियोजन गरिएको केन्द्रका प्रमुख सिलवालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै