
काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गर्नुभएको छ ।
उहाँहरुबीच आज शहरी विकास मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा उहाँहरुबीच शहरी विकास, फोहरमैला व्यवस्थापन, बागमती, विष्णुमती लगायत नदीको स्वच्छता र सफाइ लगायत नेपाल–भारतबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटवार्तामा विदेश सचिव मिस्रीले उपप्रधानमन्त्री सिंहलाई कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिनुभएको छ ।
उपप्रधानमन्त्री सिंहले भारतमा चलिरहेको स्वच्छ भारत अभियान र गङ्गा नदी सफाइको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने उल्लेख गर्दै सहकार्यका लागि आग्रह गर्नुभएको थियो । उहाँले नेपाली नागरिकले सीमामा आवतजावतमा समस्या भोगिरहेको उल्लेख गर्दै नेपालले महाकाली नदीमा झोलुङ्गे पुल निर्माणमा भारतको सहजीकरण चाहिरहेको बताउनुभएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।
नेपालको पूर्वाधार विकास, भूकम्प र कोभिड–१९ को समयमा भारतले गरेको सहयोगका लागि उपप्रधानमन्त्री सिंहले विदेश सचिव मिस्रीलाई धन्यवाद दिनुभएको थियो । ‘नेपालको सहरी विकासको क्षेत्रमा भारतबाट के सहयोग हुनसक्छ भन्नेबारे छलफल भयो’ शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भन्नुभयो– ‘हामीले तुइनलाई विस्थापित गर्ने अभियान नै चलाएका छौँ । सीमा नदीमा झोलुङ्गे पुल बनाउन भारतको सहमति चाहिन्छ । त्यो सहमति लिने प्रक्रिया सरल र सहज होस् भनेर हामीले कुरा राख्यौँ । भारतीय पक्ष यसमा सकारात्मक रह्योे ।’
भारतको इन्दौर लगायत केही शहरमा स्वच्छ भारत अभियानअन्तर्गत भइरहेको फोहरमैला व्यवस्थापन र गङ्गा नदी सफाइको अनुभव तथा प्रविधि आदानप्रदानमा सहकार्यबारे पनि भेटमा सकारात्मक छलफल भएको उहाँले बताउनुभयो । त्यस अवसरमा विदेश सचिव मिस्रीले नेपालको शान्ति, स्थायित्व र समृद्धिका लागि भारतको सधैँ साथ र सहयोग रहने उल्लेख गर्नुभयो ।
भारतीय विदेश सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार यहाँ आइपुग्नुभएको हो । विदेश सचिव मिस्री दुईदिने भ्रमण सकेर आजै स्वदेश फर्किनुहुने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै