
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मटेनामा धानखेतीमा नोक्सानी पुगेको छ ।
गत असार अन्तिम साता आएको बाढीले महाकाली सिँचाइ तेस्रो चरणको नहर भत्किँदा मटेनाका स्थानीयका धानखेती र घर जोखिममा परेका छन् । असारपछिको वर्षाले स्थानीयको धानखेती कटान हुन थालेको छभने चार घर जोखिममा परेका छन् । नहर नजिकै रहेको एक परिवार विस्थापित बनेको छ । धानखेती गरेको जग्गा कटान हुन थालेपछि स्थानीयले प्लास्टिकले छोपेर नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।
‘असार अन्तिम साता आएको बाढीले नहर भत्काएपछि हाम्रो धानखेती कटान हुन थालेको छ’ भीमदत्त–९ का स्थानीय अर्जुन नाथले भन्नुभयो– ‘हामीले कटान रोक्नका लागि अस्थायी तटबन्धको माग गरे पनि कतैबाट सुनुवाइ भएन ।’ उहाँले महिना दिन पुग्न लाग्दा समेत कुनै निकायबाट सहयोग नभएको गुनासो गर्नुभयो ।
‘अहिले प्लाष्टिकले छोपेर खेत बचाउने प्रयास गरिरहेका छौँ’ नाथले भन्नुभयो– ‘महाकाली सिँचाइ र नगरपालिकामा धाउँदा पनि कतैबाट सहयोग प्राप्त भएन ।’ त्यस क्षेत्रमा पालिका प्रमुख तथा उपप्रमुख र यहाँका प्रदेशसभा सदस्यहरुले स्थलगत अवलोकन गरे पनि जमिनको कटान रोक्न कुनै प्रयास नगरेको स्थानीयको गुनासो छ । ‘हेर्नलाई मन्त्री सांसद सबै आउनुभयो, हामीलाई आश्वासन मात्रै दिएर जानुभयो’ स्थानीय किरण नाथले भन्नुभयो– ‘हाम्रो करिब दुई कट्ठा धानखेती कटान भइसक्यो ।’ स्थानीयका अनुसार सामान्य वर्षामा समेत जमिन कटान हुन थालेको छ । ३ परिवारको ५ कट्ठा बढी धानखेती कटान भएको छ । ‘खेत कटान भएर हाम्रो घरसम्म पुग्न २० मिटर मात्रै बाँकी छ”, उहाँले भन्नुभयो, “राति वर्षा भयो भने डरले घरमा सुत्दैनौँ ।’
भीमदत्त–९ का वडा सदस्य पशुपति सार्कीले नहर भत्किएपछि स्थानीयको घरखेत जोखिममा परेको बताउनुभयो । ‘शुरवातमा नहर भत्कियो, त्यसपछि स्थानीयको धानखेती कटान हुन थालेको छ’ वडा सदस्य सार्कीले भन्नुभयो, ‘कटानले गर्दा ब्रह्मदेव सडकसमेत जोखिममा परेको छ ।’
उहाँका अनुसार मटेनामा कटान हुँदा ठूलो क्षति गरेको छ । स्थानीयको खेतसँगै सडक भत्किएर आवतजाव बन्द भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै