
नवलपुर । धार्मिक तथा ऐतिहासिकस्थल वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण गरिएको छ । त्रिवेणीस्थित झोलुङ्गे पुलबाट आश्रमसम्म पुग्न पैदलमार्ग निर्माण गरिएको हो ।
नारायणी नदीमाथि बनेको झोलुङ्गे पुल तरेर नेपालकै बाटो हुँदै वाल्मीकि आश्रम पुग्नका लागि नयाँ पैदलमार्ग निर्माणमा त्रिवेणीका स्थानीय श्रमदानमा जुटेका थिए । वाल्मीकि आश्रम जाने गोरेटो बाटो बनाउन विनय त्रिवेणी गाउँपालिका–६ र ७ का स्थानीय श्रमदानमा जुटेर पैदलमार्ग निर्माण सम्पन्न गरेका हुन् ।
त्रिवेणीधामबाट वाल्मीकि जोड्ने बाटो निमार्णका लागि विनयी त्रिवेणी गाउँपालिका–६ र ७ मा पर्ने केवरानी, शिवपुरगढी, साउमारा, प्रसैयालगायत गाउँका स्थानीय श्रमदानमा जुटेका हुन् । स्थानीयको सहायतामा पैदलमार्ग निर्माण सम्पन्न गरिएको विनयी त्रिवेणी–६ का सदस्य विष्णुप्रसाद चौलागाईँले बताउनुभयो । लव कुशले घोडा बाँधेको, सीता पाताल भएको र वाल्मीकिको आश्रम रहेको ऐतिहासिकस्थल नेपाली भूमिमा भएर पनि भारतीय भूमि भएर जानुपर्ने बाध्यताका कारण श्रमदानमा जुटेको उहाँले बताउनुभएको छ ।
चितवनको माडी नगरपालिका–१ मा पर्ने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको वाल्मीकि आश्रमसम्म जाने नेपालबाट कुनै पनि बाटो नहुँदा भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता थियो । त्रिवेणीस्थित गण्डक बाँध कटेर भारतको वाल्मीकि नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जङ्गल कटेर वाल्मीकि आश्रम पुग्नुपर्ने अवस्था थियो । नवलपुरको त्रिवेणीमा झोलुङ्गे पुल निर्माणको दुई वर्षपछि वाल्मीकि आश्रमसम्म जाने पैदलमार्ग निर्माण गरिएको हो । गत असार ११ गतेबा त्रिवेणीधाम वाल्मीकि जोड्ने पैदलमार्ग निमार्णको थालनी गरिएको थियो । पैदलमार्ग निर्माणको काम सबै सकिएको त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधामका स्वामी कृष्ण प्रपन्नाचार्यले बताउनुभयो ।
सवारीसाधन गुड्न मिल्नेगरी जेसिबीलगायत मेसिनरी प्रयोग गरेर सडक सञ्जालले वाल्मीकि आश्रमलाई जोड्ने योजना रहेको भए पनि भारतले मेसिनरी सामान लैजाने बाटो र अनुमति नदिएपछि स्थानीय श्रमदानमै जुटेर पैदलमार्ग निर्माण गरेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।
त्रिवेणीस्थित झोलुङ्गे पुलको पश्चिमतर्फ नेपाली सेनाको चेकपोष्ट निर्माण गरिएको छ । पुलपारि पैदलमार्ग निर्माण भएपछि अब त्रिवेणी र वाल्मीकि आश्रम नेपालकै भूभागबाट जोडिएको त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले बताउनुभयो । त्रिवेणीसम्म आएका पर्यटक सहजै वाल्मीकि आश्रमसम्म पुग्ने उहाँले बताउनुभयो । यसले त्रिवेणी क्षेत्रमा पर्यटकको आगमन बढाउने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै