
काठमाडौँ । बङ्गलादेशमा नयाँ प्रधानन्यायाधीशको शपथ ग्रहण भएको छ । नयाँ प्रधानन्यायाधीशको शपथ ग्रहणसँगै उच्च अदालतमा कार्यरत पुराना गार्ड समेत हटाइएको छ ।
बङ्लादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाका विश्वासपात्र मानिएका प्रधान न्यायाधीशको राजिनामापछि नियुक्त भएका नवनियुक्त प्रधानन्याधीश सैयद रेफात अहमदले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । विद्यार्थी नेतृत्वको विद्रोहले सत्ताच्युत गरेको अघिल्लो सत्तासँग जोडिएको ठानिएको पुरानो पहरेदारलाई प्रतिस्थापन गर्ने नयाँ नियुक्तिको यो पछिल्लो शृंखला हो ।
राष्ट्रपति मोहम्मद शहाबुद्दीनले उच्च अदालतका वरिष्ठतम न्यायाधीश अहमदलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको राष्ट्रपतिका प्रेस सचिव शिप्लु जमानले जानकारी दिनुभयो । जमानले भन्नुभयो– ‘उहाँ बङ्गलादेशको २५ औं प्रधान न्यायाधीश बन्नुभएको छ ।’
अहमदले ढाका विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको टफ्ट्स विश्वविद्यालयमा अध्ययन गर्नुभएको थियो । ढाकाको सडकमा प्रदर्शनकारीको सहभागिता बढेपछि ७६ वर्षीया हसिना सोमबार हेलिकप्टरबाट छिमेकी मुलुक भारत तर्फ भाग्नुभएको थियो ।
हसिनाको सरकारमाथि १५ वर्षको शासनकालमा उहाँका हजारौँ राजनीतिक विरोधीको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै