+

जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । लगातारको वर्षापछि  पहिरो खस्दा खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

बैतडीको सिगास गाउँपालिका–९ ढोल्यामोडमा पहिरो खस्दा  राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी  प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभएको छ ।

सडक अवरुद्ध हुँदा राजमार्गमा सवारीसाधन बाटोमै थन्किएका छन् । सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । ‘वर्षा रोकिएको छैन, पहिरो पन्छाउन सकस भइरहेको छ’ उहाँले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट