
स्याङ्जा । स्याङ्जाको वालिङमा १५ ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरिएको छ ।
मातापिता प्रतिष्ठान र वालिङ नगरपालिकाको सहकार्यमा नगरभित्रका १४ वटै वडाका १५ ज्येष्ठ नागरिकलाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
पहिलो चरणमा नगरपालिकाका सबैभन्दा ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरिए र यसलाई निरन्तरता दिने योजना रहेको प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुङ्गानाले बताउनुभयो । “वडा कार्यालयले ज्येष्ठताका आधारमा नाम सिफारिस गरेअनुसार १५ जना ज्येष्ठ नागरिक एकै स्थानबाट सम्मान गरेका हौँ”, उहाँले भन्नुभयो, “यसलाई आगामी वर्षहरूमा पनि निरन्तर रूपमा अगाडि बढाउने छौँ ।”
ज्येष्ठ नागरिकप्रति परिवार तथा समाजले हेर्ने दृष्टिमा परिवर्तन ल्याउने र स्याहारसुसारमा ध्यान केन्द्रित गराउने उद्देश्यले प्रतिष्ठान कार्यक्रम गरिरहेको अध्यक्ष ढुङ्गानाले बताउनुभयो । “ज्येष्ठ नागरिक हाम्रा सम्पत्ति, अभिभावक र अनुभवका खानी हुन् । जीवनको उत्तरार्धमा सम्मानजनक तरिकाले जीवनयापन गर्न गराउनका लागि साङ्केतिक रूपमा सम्मान लगायत कार्यक्रम गर्दै आएका हौँ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा ११ पुरुष र चार महिलालाई सम्मानपत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा वडा नं १ बाट दुईजना र अन्य वडाबाट एक–एक जना हुनुहुन्थ्यो । उहाँहरू ८५ वर्षभन्दा माथि उमेर समूहका हुनुहुन्छ ।
वालिङ–८ की ९३ वर्षीया चन्द्रकला सुवेदीले सम्मानित हुन पाउँदा खुसी लागेको बताउनुभयो । बुढेशकालमा खोजीखोजी सम्मान गर्दा यसले राम्रो सन्देश दिएको उहाँको धारणा छ ।
उहाँहरूलाई सम्मान गर्नुहुँदै गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले ज्येष्ठ नागरिकलाई सम्मान गर्दा यसले समाज तथा परिवारमा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । ज्येष्ठ नागरिक अनुभवका खानी भएकाले उहाँहरूसँग भएको अनुभवलाई ग्रहण गर्नसक्नुपर्नेमा उहाँको जोड थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विनयी खोलाको डाइभर्सन बगाएपछि नारायणघाट–बुटबल राजमार्ग अवरुद्ध
- पाठकलाई साइबर ब्युरोले भन्यो - 'प्रहरी कार्यालयमा उपस्थित हुनु'
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री