
सुनसरी । कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्दै जानुपर्नेमा जोड दिनुभएको छ ।
धरान उपमहानगरपालिका–१२ स्थित पब्लिक हाई स्कुलको ७८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सामुदायिक विद्यालयले शैक्षिकस्तर वृद्धि गरे नीजि क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने धारणा राख्नुभयो ।
शिक्षा क्षेत्रको समग्र विकास र सुधारका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले समन्वय गरी नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिनुभयो । उहाँले शिक्षा क्षेत्रमा लागानी गर्नुपर्ने वृद्धि गनुृपर्ने बताउँदै विद्यालयको विकास र शिक्षा सुधार गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयको स्थापना दिवसको अवसरमा पब्लिक हाई स्कुलद्वारा प्रकाशित ‘पीयूष’ मुखपत्र छैठौँ अङ्कको विमोचन गरिएको थियो । कार्यक्रममा विद्यालयका प्राध्यापक डा इन्द्रमोहन झा, विद्यालय अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र राई लगायत जनप्रतिनिधिको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै