
काठमाडौँ । पेरिस ओलम्पिकमा अमेरिका ३० स्वर्णसहित शीर्ष स्थानमा पुगेको छ ।
बिहीबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, नेदरल्याण्ड, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।
दोस्रोमा चीनले २९ स्वर्ण, २५ रजत र १९ कास्यसहित कुल ७३ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ कास्य पदकसहित कुल ४५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १४ स्वर्ण, १९ रजत र २१ कास्यसहित ५४ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित कुल ५१ पदक जितेको छ ।
पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २८ पदक जितेको छ भने जापान १३ स्वर्ण, सात रजत र १३ कास्यसहित ३३ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।
आठौँ स्थानमा रहेको नेदरलयान्ड्सले ११ स्वर्ण, छ रजत र आठ कास्यसहित कूल २५ पदक जितेको छ भने इटाली १० स्वर्ण, ११ रजत र नौ कास्यसहित कूल ३० पदक जित्दै नवौँ स्थानमा छ । जर्मनी नौ स्वर्ण, आठ रजत र पाँच कास्यसहित कूल २२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै