
सप्तरी । बाढीले बगाएको राजविराज–कञ्चनपुर खण्ड जोडिने पुलको कल्भर्ट पुनःनिर्माण नहुँदा आवागमनमा समस्या भएको छ ।
असार दोस्रो साता वर्षासँगै आएको बाढीले सप्तरीको तिरहुत गाउँपालिका–२ स्थित बरहारा र मैनाकडेरीको बीचमा पर्ने चन्द्र नहरमा निर्माणाधीन पुलको कल्भर्ट भत्काएर बगाएको थियो ।
त्यस ठाउँमा अहिलेसम्म पुनः निर्माण नहुँदा आवागमनमा सास्ती भएको स्थानीय बताउँछन् । हुलाकी सडकअन्तर्गत पर्ने राजविराज–कञ्चनपुर खण्डमा दैनिक सयौँ सवारीसाधन सञ्चालन हुन्छन् ।
कल्भर्ट पुनः निर्माण नहुँदा सवारीसाधनका साथै पैदल यात्रीलाईसमेत समस्या भइरहेको तिरहुत–२ का अशोक यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सदरमुकाम राजविराजबाट करिब १३ किलोमिटर पूर्व हुलाकी राजमार्गमा पर्ने खण्डमा पुलमा बाढीले क्षति पुर्याएको थियो भने कल्भर्ट बगाउँदा आवागमनमा सास्ती भइरहेको छ ।’ राजविराज र कञ्चनपुर कुनै काम विषेशले जानुपरेमा सवारीसाधन आउजाउ गर्न समस्या हुने गरेको उहाँले गुनासो गर्नुभयो ।
कल्भर्ट भत्किएको ठाउँभन्दा तलो भागमा माटो भरेर हलुका सवारीसाधन सञ्चालन गर्न अस्थायी मार्ग बनाइएको भन्दै सामान्य वर्षामा पनि त्यो बाटोबाट मोटरसाईकल, साईकल र चार पाङ्ग्रे सवारी आवागमनमा समस्या भइरहेको स्थानीय विजय महत्मानले बताउनुभयो ।
मोहुली खोला तथा चन्द्र नहरमा आएको बाढीले क्षति गरेको कल्भर्ट पुनःनिर्माण गरी आवागमन सहज बनाउनेतर्फ सम्बन्धित निकायले चासो नदिँदा समस्या भएको सवारी चालक सन्तोष यादवले बताउनुभयो । सवारीसाधन सञ्चालन हुन नसकेपछि आम्दानी नभएको भन्दै जीविकोपार्जनमासमेत सास्ती हुन थालेको उहाँले उल्लेख गर्नुभयो ।
असार र साउनमा ठूलो वर्षाका कारण मोहुली खोलामा आएको बाढीले कोशी पम्प चन्द्र नहर सिँचाइ योजनाको निर्माणाधीन संरचना तथा उपकरण समेत क्षति पुर्याएको तिरहुत–२ का वडाध्यक्ष सञ्जीवकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले करिब ५ सय बिघा जमिनमा क्षति पुर्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै