
काठमाडौँ । संगीतकार लक्ष्मण पोखरेलको संगीतमा तिज गीत ‘मै राम्री हो की !’ सार्वजनिक भएको छ । गीतमा नयाँ गायिका सुशीला पराजुली बरालले स्वर दिएकी छन् ।
गायिका पराजुली बरालको पहिलो गीतको रुपमा रहेको यसमा विनोद बरालको रचना, लक्षुप्रकाश मल्लको संगीत संयोजन राजेश श्रेष्ठको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टिरिङ रहेको छ । कलाकारमा विना राउत र एलिसा विष्टको अभिनय रहेको गीतको म्युजिक भिडियो अहिलेका व्यस्त निर्देशक कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् ।
भिडियो छायाङ्कन उत्सव दाहालको रहेको छ भने नृत्य राहुल बराईली, सम्पादन मिन रावलको रहेको छ । तिजलाई लक्षित गरी तयार पारिएको गीतको भिडियोको छांयाकन कीर्तिपुरको ऐतिहासिक स्थान बाघ भैरव मन्दिर लगायतका रमणीय स्थानमा सम्पन्न गरिएका छ ।
नेपाली मौलिकता झल्कने गरी भिडियो तयार पारिएको निर्देशक रुपाखेतीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै