
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३० औँ विश्व आदिवासी दिवसका अवसरमा स्वदेश एवं विदेशमा रहनुभएका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री कार्कीले विज्ञप्ति जारी गर्दै आजको दिनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण एवं अधिकार प्राप्तिको अभियानमा निरन्तर सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
‘हाम्रो देश सबैको साझा फूलबारी हो, नेपालमा आदिवासी जनजातिको ठूलो सङ्ख्या छ’ मुख्यमन्त्री कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ– ‘त्यसमा पनि कोशी प्रदेश आदिवासी जनजातिको ठूलो जनसङ्ख्या भएको प्रदेश हो । कोशी प्रदेशमा आदिवासीको सदिऔँदेखिको बसोबास छ । आदिवासी जनजाति समुदायले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । प्रथम सहिद लखन थापादेखि अहिलेसम्म भएका परिवर्तनका आन्दोलनमा आदिवासी जनजातिको योगदान स्मरणीय छ । आदिवासी जनजातिहरूको विभिन्न भाषा, संस्कृति, परम्परा र संस्कारले कोशी प्रदेशलाई समृद्ध बनाएको छ ।’
खुवालुङदेखि माङ्सेबुङलगायत पवित्रस्थल कोशी प्रदेशका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार प्रदेशमा रहेका सबै आदिवासी जनजातिको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण तथा विकास गर्दै उहाँहरूको पहिचानलाई थप परिस्कृत बनाउन लागिपरेको बताउनुभएको छ । आदिवासीका धार्मिक धरोहरको संरक्षण र सङ्ग्रहालयमार्फत समुदायको पहिचानलाई वर्षौँसम्म चिरस्थायी बनाउन सरकारले काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगष्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन शुरु गरेको हो । यो दिवसले आदिवासीलाई आफ्नो अधिकार स्थापित गर्दै विकास र समृद्धिमा जोड्न प्रेरणा दिने मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायल र इरान युद्धको विरोधमा काठमाडौँमा प्रदर्शन
- उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न
- नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण : सञ्चारमन्त्री गुरुङ
- विनयी खोलाको डाइभर्सन बगाएपछि नारायणघाट–बुटबल राजमार्ग अवरुद्ध
- पाठकलाई साइबर ब्युरोले भन्यो - 'प्रहरी कार्यालयमा उपस्थित हुनु'
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना