
कृष्णबन्धु अर्याल
स्याङ्जा । मातृभूमि खेलमैदान स्तरोन्नतिका लागि आयोजना गरिएको महायज्ञबाट ३१ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ । पुतलीबजार नगरपालिका १३ पुलकोमुखस्थित खेलमैदानमा भएको महायज्ञमा जग्गा र नगद प्राप्त भएको हो।
स्याङ्जाको पुरानो खेलमैदान आधिखोलाले वर्षेनी कटान गर्दै आएकोले त्यसलाई संरक्षण र स्तरोन्नति गर्न स्थानीयले सक्रियता देखाउदै आएका छन्। स्थानीय युवा क्लब, आमा समूह , लाम्पाटा बजार व्यवस्थापन समिति, लाम्पाटा चारखुट्टे , लाम्पाटा पुलकोमुख टोल बिकास समिति, भुतपूर्व सैनिक र समाजसेवीको सक्रियता महायज्ञ आयोजना गरिएको हो।
स्मृति युवा क्लव प्रमुख आयोजक रहेको यज्ञमा करिब एक रोपनी मूल्यवान जग्गा र ३१ लाख ४८ हजार रुपैयाँ प्राप्त भएको मातृभूमि माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा १३ वडाका निवर्तमान अध्यक्ष ख्यामनारायण अधिकारी बताउनु हुन्छ।
विद्यालयको स्वामित्वमा रहेको मैदानको संरक्षण र स्तरोन्नति गर्न स्मृति युवा क्लबले सक्रियता देखाएकोमा उहाँले धन्यवाद दिनुभएको छ।
‘खेलमैदान संरक्षण र स्तरोन्नतिमा सहयोग पुगोस भनेर नै हामीले मैदानसँग जोडिएको जग्गा दान स्वरुप दिएका हौँ’ पूर्व प्रधानाध्यापक तथा जग्गादाता अश्विनकुमार अर्याल भन्नुहुन्छ । उहाँ लगायत खेमराज अर्याल ,सीता अर्याल, नन्दकुमारी अर्याल बेदमाया अर्याल र श्रीकृष्ण अर्यालले जग्गा दान गर्नुभएको छ। यो त हामीले शुरुवात मात्र गरेका हौँ’ उहाँले भन्नुभयो – ‘जग्गा जुटाउन मैदानसँग जोडिएका अन्य जग्गावाला ध्रुवबन्धु अर्याल, विष्णुकान्त अर्याल, नारायणप्रसाद अर्याल, ,यामबहादुर पराजुली तिलाहारका लामिछाने बन्धु लगायत सँग कुरा भएको छ सबै सकारात्मक हुनुहुन्छ हामी सबैको मैदान हो यसलाई स्तरिय बनाउनु हाम्रा लागि गौरवको विषय हो ।’
‘मैदान स्तरोन्नतिको कार्य शुरु गरिहाल्ने’ क्लबका अध्यक्ष भिम रानाले भन्नुभयो– ‘ स्याङ्जाकै गौरव हो ।’ यहाँ खेल अभ्यास देखि प्रतियोगिताका कार्यक्रम निरन्तर संचालन गर्न सके स्थानीयको आर्थिक उन्नतिमा टेवा पुग्ने १३ का वडा अध्यक्ष जुद्द थापा बताउनु हुन्छ
पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्यालको एउटै भनाइ छ– ‘यो मैदान नगरपालिकाको मात्रै नभएर जिल्लाकै नमुना हो यसलाई स्तरोन्नति गर्नका लागि नगरपालिका पनि हातेमालो गर्न चाहन्छ, प्राविधिक , परामर्श र अन्य सहयोग गर्न हामी तत्पर छाँ ।’
महायज्ञमा निवर्तमान संघीय साम्सद नारायणप्रसाद मरासिनी , महाप्रसाद सुवेदी, इभरग्रीन बोर्डिङ्ग्का संस्थापक काशिराम तिवारी, जगतबन्धु कोइराला, तिलक सुवेदी, भागिरथ अर्याल लगायतले उल्लेखनीय नगददान तथा अन्य सहयोग गर्नुभयो। क्लबका सचिव मीनप्रसाद अर्याल भन्नुहुन्छ– ‘मध्य वर्षाको मौसम, छोटो समयले गर्दा आवश्यकीय तयारी हुन सकेन, जे जति गर्न सकियो तेसमा हामी सन्तुष्ट छौ, सद्भाव र स्नेह पाइयो त्यही नै उपलब्धि हो।’
महायज्ञको समय अत्यन्तै कम भएकोले प्रचारप्रसार गर्न र सबैलाइ समेट्न नसकिएको मिडिया संयोजनको जिम्मा लिएका सुमन थापाको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै