
काठमाडौँ । जापानमा ७.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
जापानको दक्षिणी क्षेत्रमा ६.९ र ७.१ म्याग्नीच्यूडको भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्वे (युएसजिएस) ले भूकम्प क्युशुको मियाजाकी क्षेत्रमा ३३ किलोमिटरको गहिराइमा रहेको बताएको छ ।
जापानी प्रसारक एनएचके वल्र्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमाजस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।
‘सुनामीको छाल पटक पटक आउनसक्छ, त्यसैले कृपया अर्को जोखिम टरेको अर्को सूचना जारी नहुँदासम्म समूद्र र तटीय क्षेत्रमा नजान र अग्लो स्थानमा रहन आवश्यक हुनेछ’ जापानको मौसम विज्ञान निकायले सामाजिक सञ्जाल एक्समा जारी संक्षिप्त निर्देशनमा भनिएको छ ।
भूकम्पपछि सावधानीका लागि प्रधानमन्त्री फुमियो किसिदाले पनि भूकम्पसम्बन्धी केही निर्देशन जारी गर्नुभएको छ । सुनामी र स्थानान्तरणसम्बन्धी सही जानकारी नागरिकलाई समयमै उपलब्ध गराउन, क्षति हुन नदिन सर्वसाधारणलाई उद्धार गर्नेजस्ता कदम चाल्न र जतिसक्दो चाँडो क्षतिको बारेमा स्थितिको आँकलन गर्न प्रधानमन्त्री किसिदाले प्रशासनलाई निर्देशन दिनुभएको छ ।
उहाँले स्थानीय तहसँग घनिष्ट समन्वय कायम गर्न र जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न सुरक्षाकर्मी तथा अन्य उद्धारमा खटिने सङ्घसंस्थालाई निर्देशन दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै