
तुलसीपुर । दाङको ग्रामीण क्षेत्रका प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी छैनन् । इलाका प्रहरी कार्यालय तुलसीपुर मातहतमा रहेका धेरैजसो प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी छैनन् ।
यसरी दरबन्दी अनुसार प्रहरी नहुँदा समस्या हुने गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले बताउनुभयो । उहाँका अनुसार सहरी क्षेत्रमा बढी जनशक्ति चाहिने भएकाले इलाका प्रहरी कार्यालय तुलसीपुरमा दरबन्दीभन्दा बढी प्रहरी कार्यरत रहेको भए पनि मातहतका चौकीमा भने दरबन्दी अनुसारका प्रहरी नभएको उहाँले बताउनुभयो ।
‘केही परेमा हामीले )इप्रका तुलसीपुरबाट) जनशक्ति पठाउने गरेका छौँ’ उहाँले भन्नुभयो– ‘देशभरकै अवस्था त्यस्तै हो, सबै ठाउँबाट प्रहरीको माग भइरहेको छ ।’
दाङको दङ्गीशरणस्थित इलाका प्रहरी कार्यालय हेकुलीमा २३ जनाको दरबन्दी हो । तर, त्यहाँ सातजना मात्रै कार्यरत छन् । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित इलाका प्रहरी कार्यालय फूलबारीमा २३ जनाको दरबन्दी रहेपनि ६ जना मात्रै कार्यरत हुनुहुन्छ । त्यस्तै इलाका प्रहरी कार्यालय मलबारमा १७ जना दरबन्दी रहेकाम आठ, प्रहरी चौकी विजौरीमा १० जनाको दरबन्दी रहेकामा नौ, प्रहरी चौकी खाद्रेमा १० जनाको दरबन्दी रहेकामा पाँच तथा प्रहरी चौकी गोल्टाकुरीमा १० जनाको दरबन्दी रहेकामा पाँच जना मात्रै कार्यरत हुनुहुन्छ ।
प्रहरी चौकी बागरमा १४ जनाको दरबन्दी रहेकामा पाँच तथा प्रहरी चौकी उरहरीमा १४ जनाको दरबन्दी रहेकामा सात जना कार्यरत रहेका प्रहरी नायव उपरीक्षक पोख्रेलले बताउनुभयो । प्रहरी चौकीभन्दा अस्थायी प्रहरी चौकीमा प्रहरीको सङ्ख्या बढी छ । प्रहरी पोष्टहरु बजारमै भएकाले शान्तिसुरक्षाका लागि बढी प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । अस्थायी प्रहरी पोष्ट तुलसीपुर बसपार्कमा सात, अस्थायी प्रहरी पोष्ट बेलुवामा आठ, अस्थायी प्रहरी पोष्ट दमारगाउँमा ६, अस्थायी प्रहरी पोष्ट बेलझुण्डीमा ६, अस्थायी प्रहरी पोष्ट बालापुरमा ६ तथा अस्थायी प्रहरी पोष्ट गोठीखोलामा पाँच जना कार्यरत हुनुहुन्छ ।
त्यस्तै अस्थायी प्रहरी पोष्ट टरिगैँ ग्वारखोलामा पाँच, अस्थायी प्रहरी पोष्ट पर्सेनीमा आठ, अस्थायी प्रहरी पोष्ट छिल्लीकोटमा चार तथा राप्ती प्रादेशिक अस्पतालमा दुई जना कार्यरत रहेका प्रहरी नायव उपरीक्षक पोख्रेलले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरमा भने दरबन्दीभन्दा बढी प्रहरी कार्यरत रहेका छन् । प्रहरी नायब उपरीक्षक पोख्रेलका अनुसार ६४ जनाको दरबन्दी रहेकामा ९६ जना कार्यरत छन् । बजार क्षेत्रमा बढी प्रहरी आवश्यकपर्ने उहाँको भनाइ छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुर मातहतमा इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा गरी एक सय ८५ जनाको दरबन्दी छ । तर, गाउँका प्रहरी चौकीमा प्रहरीको दरबन्दी भन्दा कम भए पनि त्यो जनशक्तिलाई इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी चौकीमा राखिएको छ । दरबन्दी एक सय ८५ जनाको रहे पनि कार्यरत भने दुई सय चार जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय