
काभ्रे । यहाँस्थित जिल्ला प्रहरी कार्यालयले २० हजार नागरिकलाई अपराध न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत नागरिकको आधारभूत सुरक्षा, मानव बेचबिखन, लैङ्गिक हिंसा, घरेलु हिंसा, सेफ्टीपीन, आत्महत्यासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला प्रहरीले ५ वर्षदेखि समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यालयका अनुसार हालसम्म ६ सय ४८ कार्यक्रम सम्पन्न भएका छन् ।
कार्यालयले लागुऔषध निषेध, घरेलु हिंसा, जातीय छुवाछुत तथा भेद्भाव, महिला–बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा, बालविवाह, दाइजो प्रथा, छाउपडी, बोक्सी आरोप तथा सामाजिक विकृति नियन्त्रण, नागरिक सुनुवाइ, सडक सुरक्षा, स्वास्थ्य शिविर, विपद् व्यवस्थापन तथा आगलागी, सरसफाइ, साइबर सुरक्षा, चोरी, आत्मरक्षा, प्रहरीसँग एक दिन, ज्येष्ठ नागरिकसँग प्रहरी, जबरर्जस्ती करणी, बालयौन दुब्र्यवहारसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनुभएको छ ।
खड्काका अनुसार लागुऔषध निषेध र घरेलु हिंसासम्बन्धी ८५, जबरर्जस्ती करणी, बालयौन दुव्र्यवहारसम्बन्धी ७१ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । आत्महत्या न्यूनीकरणसम्बन्धी ५८ सचेतनामूलक कार्यक्रम गरिएका छन् ।
पछिल्ला केही वर्षदेखि आत्महत्या, जबर्जस्तीकरणी, यौन दुव्र्यवहारसम्बन्धी अपराध बढिरहेको तथ्यसहित प्रहरीले विभिन्न स्थान, विद्यालय, सामाजिक क्षेत्रमा समुदायसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको खड्काले बताउनुभयो ।
जिल्लामा घरेलु हिंसाका घटनामा पनि वृद्धि हुँदै गएको प्रहरीको भनाइ छ । प्रहरीको तथ्याङ्कमा गत आर्थिक वर्षमा काभ्रेपलाञ्चोकमा मानसिक, शारीरिक, आर्थिक र यौनजन्य ६ सय १७ घरेलु हिंसाका घटना घटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायल र इरान युद्धको विरोधमा काठमाडौँमा प्रदर्शन
- उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न
- नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण : सञ्चारमन्त्री गुरुङ
- विनयी खोलाको डाइभर्सन बगाएपछि नारायणघाट–बुटबल राजमार्ग अवरुद्ध
- पाठकलाई साइबर ब्युरोले भन्यो - 'प्रहरी कार्यालयमा उपस्थित हुनु'
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना